काठमाण्डौ । माछापुच्छ्र्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग गरेको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना अनुरुप, आज चण्डेश्वरी मार्ग, बोडे,भक्तपुरस्थित ‘द्योमाँ जगत वृद्धाश्रण्ण्टद्ध’मा आश्रित वृद्धवृद्धाहरुको स्वास्थ्य तथा जाडो महिनालाई मध्यनजर गर्दै सहयोग स्वरुप ६ थान हिटर, तथा खाद्यान्न सामाग्रीहरु वितरण गरेको हो ।
यस कार्यक्रममा वृद्धाश्रमका तर्फबाट वृद्धाश्रम समितिका अध्यक्ष प्रेम चन्द्र अदुवा श्रेष्ठ तथा मध्यपुर ठिमी नगरपालिका–८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठ उपस्थित थिए भने क्यापिटलका तर्फबाट अध्यक्ष विश्वम्भर न्यौपाने, तथा प्रमुख कार्यकारी अधिकृत उपेन्द« मालाकार का साथै कर्मचारीहरु उपस्थित थिए ।
माछापुच्छ्रे क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको जनाएको छ । यसै सन्दर्भमा आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .png) 
                                         
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                