काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १८.३८११ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा कम्पनीको ७६ लाख ९० हजार ६५२ कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई १८.३८११ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । कम्पनीको उक्त बोनस सेयर असोज २३ गते सम्पन्न ७ औं वार्षिक साधारण सभाबाट परित भएको थियो ।