काठमाण्डौ । नेको इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि माघ १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यसर्थ बुक क्लोज हुनु अघि अर्थात माघ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदमा खरिद आवेदन दिन योग्य हुनेछन् । कम्पनीले २५ प्रतिशत अर्थात १ः०.२५ अनुपातमा हकप्रद निष्कासन गर्नेछ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ९ गते अनुमति पाईसकेको छ ।
कम्पनीले अब ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँबराबरको रु १०० अंकित दरका ५० लाख ३० हजार ९०१।५५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।