काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको उडानमा रोक लगाएको छ।
प्राधिकरणले भोलि साउन २६ गतेदेखि लागू हुने गरी सिम्रिक एयरको उडानमा रोक लगाएको हो। योसँगै सिम्रिकका ४ वटै हेलिकोप्टर ग्राउन्डेड हुने भएका छन्। सिम्रिकसँग २ वटा बेल र २ वटा एएस ३५० हेलिकप्टर छन्।
कमजोर वित्तीय अवस्था र बक्यौता रकम नतिरेपछि प्राधिकरणले सिम्रिक एयरको उडानमा लगाएको हो। सिम्रिक एयरले प्राधिकरणलाई ४६ लाख रुपैयाँ तिर्न बाँकी छ।
बक्यौता रकम बुझाउन पटक–पटक ताकेता गर्दा पनि नतिरेपछि उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ। बक्यौता रकम तिरेपछि र वित्तीय अवस्था सुधार्ने भरपर्दो योजना पेस गरेपछि मात्रै उडान फुकुवा गरिने प्राधिकरणको भनाइ छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                