काठमाण्डौ । आज बजार ५२ अंकले बढ्दा ९ अर्ब माथिको कारोबार भएको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई जनाउँछ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा अपर ब्याण्ड र लोअर ब्याण्ड साँघुरिएको छ ।
यसले सम्भावित रुपमा बजारले माथिको यात्रा तय गर्न सक्ने देखिन्छ । म्याक्डीबाट नियाल्दा बजारले यस अघिनै बुलिस क्रसओभर बनाएको छ । कारोबार तथा भोल्युमबाट नियाल्दा बजारमा आज करिब २ महिनापछि औषतभन्दा बढी कारोबार भएको छ । आरएसआईबाट नियाल्दा हाल बजारले नेक लाइन पनि ब्रेक गरेर डब्लु आकार बनाएको छ ।
यसले पनि बजारले सम्भावित रुपमा माथिको यात्रा तय गर्दै गरेको देखिन्छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा बजारले अप ट्रेन्ड लिँदै गरेको मान्न सकिन्छ । पिभट् मार्फत नियाल्दा आज २६६५ विन्दुमा बन्द भएको बजारले अब २६८२ , २७०९ र २७३७ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ । त्यसैगरि, घटेमा २६०७, २५६१ र २५३३ विन्दुमा सपोर्ट लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।