बिहीबार, असार १८,२०८३ 05:40:33
Bizshala
  • बिहीबार, असार १८,२०८३ 05:40:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

खल्तीले डिजिटल रूपान्तरणको ८ औं वर्ष मनाउँदै,रु.८ मै ८८ हजार ८८८ जनालाई कफी र अन्य अफरहरू

Laxmi Sunrise Bank Limited
खल्तीले  डिजिटल रूपान्तरणको ८ औं वर्ष मनाउँदै,रु.८ मै ८८ हजार ८८८ जनालाई कफी र अन्य अफरहरू

काठमाण्डौ । डिजिटल वालेट ‘खल्ती’ले माघ १३ गते ८ औं वर्ष र्ष पूरा गरेको छ । कम्पनीले ऋभभिदचबतष्लन न्चड थ्भबचक’ थिम राखी आफ्नो वार्षिकोत्सव मनाइरहेको छ ।  

२०१७ बाट नेपालीहरू माझ मोबाइल टपअप अनि बिल भुक्तानी जस्ता सुविधाबाट सुरुवात भएको खल्तीको डिजिटल रूपान्तरण यात्रा २०२५ सम्म आइपुग्दा निकै नै इनोभेटिभ र उत्साहजनक देखिएको कम्पनीले जनाएको छ । विभिन्न युवा मैत्री मनोरञ्जन, कन्सर्ट, खेलकुद र रियालिटी सोहरूका लागि लोकप्रिय ‘खल्ती’  ईभेन्ट टिकटिङ , भोटिङ र मुभि टिकटिङ प्लेटफर्मको रूपमा अग्र स्थानमा रहेको कम्पनीको दाबी छ । 

यी वर्षहरूमा सरकारी सेवा सुविधाको डिजिटल भुक्तानीदेखि लिएर विभिन्न ग्याजेट खरिदको लागि ‘खल्ती मल’ र रेस्टुराँ देखि मनोरञ्जनको एक्सक्लुसिफ डिल रहने ‘प्लेसेस बाई खल्ती’सम्म, खल्तीले आफ्नो डिजिटल सेवा विस्तार गरेको छ । र पछिल्लो समय आफ्नो प्रयोगकर्ताहरू माझ विभिन्न इन्स्योरन्स र लगानी जस्ता वित्तिय सेवाहरू ल्याएको छ। 

New Office
CG Motors
Garima Development Bank

नेपालभर सबै नेपालीहरूका लागि वित्तीय समावेशीकरणको उद्देश्य राखी अगाडि बढिरहेको खल्तीले आफ्नो आठौँ वार्षिकोत्सवको उपलक्ष्यमा डिजिटल नेपालको यस यात्रामा सदैव साथ दिएकोमा सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाय, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गरेको छ।

आठौँ वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले माघ ७ देखि १८ गतेसम्म, हरेक सुविधालाई निश्चित समय अवधि तोकेर रु ८ मा कफी, स्वास्थ्य सुरक्षा , टपअप, मुभी अनि फ्लाइट अफर ल्याएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जसअन्तर्गत पहिलो ८८ हजार ८८८ प्रयोगकर्ता सम्मलाई रु ८ मै कफी उपलब्ध गराइने छ ।  

यस्तै पहिलो ८ हजार ८८८ प्रयोगकर्तासम्मलाई रु ८ मै सुरक्षा मिनी नामक स्वास्थ्य बीमा प्याकेज, ८८८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई रु ८ मै रु ५०० सम्मको टपअप,८८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई रु ८ मै मुभी टिकट र ८ भाग्यशाली प्रयोगकर्ता सम्मलाई  रु ८ मै फ्लाइट टिकटको व्यवस्था रहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.