काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेशनल लघुवित्त र रुरु जलविद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।
नेशनल लघुवित्तको १६ लाख ६० हजार ८६८.४० कित्ता र रुरु जलविद्युत कम्पनीको ७ लाख ३९ हजार ९८५.४८ कित्ता गरी २४ लाख ८५३.८८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।