बिहीबार, बैशाख ३१,२०८३ 01:53:30
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 01:53:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सात प्रदेशबाट एनसेलले प्राप्त गर्‍यो १६५ भन्दा बढी प्रस्तावहरु,छनोट हुनेले १० लाख पाउने

Laxmi Sunrise Bank Limited
सात प्रदेशबाट एनसेलले प्राप्त गर्‍यो १६५ भन्दा बढी प्रस्तावहरु,छनोट हुनेले १० लाख पाउने
Shivam Cement

काठमाण्डौ । एनसेलले ‘एटीन फर एटीन’ अर्थात १८ का लागि १८ विकास कार्यका लागि देशका सातै प्रदेशबाट १६५ भन्दा बढी प्रस्तावहरु प्राप्त गरेको छ । कम्पनीले सामाजिक उत्तर दायित्वअन्तर्गत उक्त प्रस्ताप प्राप्त गरेको हो । कम्पनीले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा समुदाय स्तरमा लागु हुने गरि यो कार्यक्रम संचालन गरेको हो ।

हाल एनसेलले प्राप्त प्रस्ताव तथा आवेदनहरुको मुल्याङ्कन गरिरेहको जनाएको छ । एनसेलले माघ १७ गतेसम्मको समय दिएर ७ वटै प्रदेशका ईच्छुक गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको थियो ।

Bizshala
New Office
CG Motors

एनसेलका अनुसार देशैभरीबाट शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा प्रतिकार्य र जिविकोपार्जन सहयोग लगायतका क्षेत्रहरुमा विकास कार्य गर्न उत्साहजनकरुपमा प्रस्तावहरु प्राप्त भएका छन् । लागु हुने आयोजनाले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने संभावना लगायतका आधारहरुमा कार्यक्रमहरु छानिने कम्पनीले बताएको छ ।

तोकिएको मापदण्ड र प्रक्रिया पुर्याएर छानिने विकास आयोजनाका लागि कम्पनीले प्रति कार्यक्रम रु १० लाख रुपैयाँ प्रदान गर्नेछ । यस सामाजिक पहल अन्तर्गत कुल १८ आयोजानाहरु छानिने छन् र प्रत्येक एक प्रदेशमा दुई आयोजना लागु गरिनेछन् । बाँकी चार आयोजनाहरु प्राप्त प्रस्तावको महत्व र प्रभावका आधारमा छानिएका प्रदेशमा कार्यन्वयन गरिने छन् ।

विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुका सामाजिक परियोजनाहरुमा रु १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको जनाएको छ । 

एनसेलले सबै भन्दा ठूलो करदाता मध्ये एकका रूपमा अर्थतन्त्रमा प्रभावकारी योगदान गर्‍यो आएको र स्थापनाकालदेखि आर्थिक वर्ष २०७९/८० सम्ममा कम्पनीले कर तथा गैरकरहरु गरी रु ३ खर्ब भन्दा बढि राजश्व सरकारलाई तिरी सकेको जनाएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.