काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मिति २०८१ फागुन २३ मा जारी गरेको लघुवित्त वित्तीय संस्था सञ्चालन मार्गदर्शन, २०८१ मा लघुवित्त वित्तीय संस्थाहरूले ग्राहक हित संरक्षणका लागि व्यवस्था गरेको छ ।
जसअन्तर्गत संस्थाले कर्जाको प्रोडक्ट पेपरमा अनिवार्य रूपमा नेपाली भाषा र आवश्यकताअनुसार स्थानीय भाषामा समेत ब्याजदर, सेवा शुल्क, कर्जाको भुक्तानी अवधि कर्जाका सर्तहरू लगायतको सूचना सार्वजनिक जानकारीको लागि सहज रूपमा उपलब्ध गराउनुपर्दछ ।
यस्तै, काबुबाहिरको परिस्थितिले गर्दा ऋण भुक्तानी गर्न समस्यामा परेका ऋणीहरू पहिचान गर्न र त्यस्ता ऋणीहरूको पुनरूत्थान गर्न संस्थाले कार्यविधि तयार गरी वा प्रणालीको विकास गरी सोको कार्यान्वयन गर्नुपर्दछ ।
मार्गदर्शनका अनुसार सम्बन्धित ऋणी तथा सदस्यहरूबाट पूर्ण विवरण भरिएको तमसुक तथा कागजातबाहेक अन्य कुनै पनि खाली कागजातहरूमा हस्ताक्षर गराउनु÷गराई राख्नु हुँदैन ।
यसैगरी, कर्जा प्रवाह गर्दा स्वीकृत कर्जा रकमबाट तोकिएको सेवाशुल्क बाहेक अन्य कुनै पनि प्रकारको रकम कट्टा गरी बचतको रूपमा राख्नु हुँदैन ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (59)(2)(367).png) 
                                        (80).jpg) 
                                        (59)(2)(366).png) 
                                        .jpg) 
                                        (59)(2)(365).png) 
                                         
                 
                 
                 
                 
                 
                 
                