शुक्रबार, माघ १८,२०८१ 02:30:54
IME remit
  • शुक्रबार, माघ १८,२०८१ 02:30:54
IME remit
Global IME Bank Limited

सामसुङ नेपालले लन्च गर्यो ‘ग्यालेक्सी एस२५ सिरिज’, मूल्य कति ?

Hyundai Nepal
सामसुङ नेपालले लन्च गर्यो ‘ग्यालेक्सी एस२५ सिरिज’, मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । सामसुङ नेपालले नयाँ ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५प्लस र ग्यालेक्सी एस२५ स्मार्ट फोनहरूको प्रि–अर्डर प्रारम्भ भएको घोषणा गरेको छ । माघ १७ गते काठमाण्डौको सोल्टी होटलमा आयोजना गरिएको एक प्रेस सम्मेलनमा सामसुङले आफ्नो अहिले सम्म कै सबभन्दा न्याचुरल र सन्दर्भ–सचेत मोबाइल अनुभवहरू दिने एआई कम्प्यानीयन भएको यी स्मार्टफोनहरू प्रस्तुत गरेको हो ।  

समारोहमा सामसुङ नेपालका निर्देशक, प्रणय रत्न श्रेष्ठ र मिस नेपाल वल्र्ड २०१६, अश्मी श्रेष्ठले ग्यालेक्सी एस२५ सिरिजको अनावरण गरेका थिए।

‘सामसङले गतवर्ष ग्यालेक्सी एआईको साथ मोबाइल एआई युगको सुरुवात गरेको थियो । अब हामी ग्यालेक्सी एस२५ सिरिजको साथ ग्यालेक्सी एआईको अर्को चरणमा प्रवेश गरेका छौँ, र तपाईँको यो एआई कम्प्यानियनले तपाईँको स्मार्टफोन र संसारसँगको अन्तरक्रिया गर्ने तरिकामा परिवर्तन गर्दै छ । ग्यालेक्सी एस२५ सिरिजले तपाईँलाई सबैभन्दा बढी सन्दर्भ–समझदारीका साथ व्यक्तिगत एआई अनुभव प्रदान र व्यक्तिगत गोपनीयता सुनिश्चित गर्दै तपाईँलाई कार्यकारी सल्लाह र सुझावहरू दिनेछ’ सामसङ नेपालको निर्देशक प्रणय रत्न श्रेष्ठले भने ।  

Bizshala
CG Motors
Sagarmatha Cement

ग्यालेक्सी एस२५ सिरिज सामसुङको दीर्घकालिक दृष्टिकोणको पहिलो कदम भएको कम्पनीले जनाएको छ ।  जसले एआई एजेन्ट र मल्टिमोडल क्षमताहरूलाई प्रयोगकर्ताको अन्तरक्रिया र प्रत्येक टचप्वाइन्टमा एकीकृत गर्दै नयाँ मोबाइल अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ । यस सिरिजमा विशेष रूपमा कस्टमाइज गरिएको स्न्याप ड्रागन ८ एलीट मोबाइल प्लेटफर्मले ग्यालेक्सी एआईको लागि उच्चतम प्रोसेसिंग पावर र ग्यालेक्सीको नेक्स्ट जेन प्रोभिजुअल इन्जिनको साथ उत्तम क्यामेरा रेन्ज र नियन्त्रण प्रदान गर्दछ ।

ग्यालेक्सी एस२५ सिरिज सबैभन्दा सहज नियन्त्रण र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्न डिजÞाइन गरिएको सामसङको एआई–फस्र्ट प्लेटफर्म वनयुआई ७ रहेको पहिलो स्मार्टफोन सिरिज हो । यसमा रहेको एआई एजेन्टहरूले टेक्स्ट, स्पीच, इमेज र भिडियोहरू विश्लेषण गरेर अन्तरक्रियाहरूलाई न्याचुरल बनाउँछन् । ग्यालेक्सी एस२५ सिरिजले तपाईंलाई सन्दर्भ–समझदारीका साथ सुझावहरू प्रदान गर्दै कार्यहरू खोज्न सजिलो बनाउँछ । यी स्मार्टफोनहरूले न्याचुरल ल्यांगवेज बुझ्ने प्रक्रियामा पनि ठुलो प्रगति ल्याएर दैनिक अन्तरक्रियाहरूलाई अझ सहज बनाएका छन् । उदाहरणका लागि, तपाईँले केवल सोधेर सामसुङ ग्यालरीमा एउटा चुनित फोटो खोज्न वा सेटिङमा डिस्प्ले फन्टको आकार समायोजन गर्न सक्नुहुन्छ ।  

Muktinath Bikas Bank Limited

तपाईँले ग्यालेक्सी एस२५ सिरिजको साइड बटन थिचेर जेमिनीलाई एक्टिभेट गर्न सक्नुहुन्छ । यसले सामसुङ र गुगल एपहरूको साथै स्पटिफाई जस्ता तेस्रो–पक्ष एपहरूसँग सहज अन्तरक्रिया सुनिश्चित गर्दछ । उदाहरणका लागि, तपाईँ आफ्नो मनपर्ने सपोर्टस् टिमको सिजन तालिका खोजेर केवल एक कमान्डमार्फत सामसुङ क्यालेन्डरमा थप्न सक्नुहुन्छ ।  

ग्यालेक्सी एस२५ सिरिजले सञ्चार, उत्पादकता र सिर्जनात्मकताका लागि लोकप्रिय एआई उपकरणहरूमा सुधार ल्याएको छ । गुगलको सर्कल टु सर्चले अब स्क्रिनमा देखिएका फोन नम्बर, इमेल र युआरएल सजिलै चिन्छ । कल ट्रान्सस्क्रिप्ट र समरीले तपाईँको कलहरूलाई व्यवस्थितगर्दछ। राइटिंग असिस्टले तपाईँको कन्टेन्टलाई समराइज गर्न वा नोटहरूको स्वतः स्वरूपफम्र्याट गर्न सहयोग गर्दछ । ड्रइंग असिस्टले स्केच, टेक्स्ट वा इमेज प्रम्प्तहरूको संयोजनमार्फत नयाँ रचनात्मक सम्भावनाहरू अन्वेषण गर्न सहज बनाउँछ ।

प्रि–अर्डर अफरहरू

ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डर अफर १७ माघदेखि सुरु हुँदैछ, र १ फागुन सम्म सामसुङको अधिकृत स्टोरहरूमा उपलब्ध हुनेछ । प्रि–अर्डर गर्ने ग्राहकहरूले ग्यालेक्सी एस२५ अल्ट्रा खरिद गर्दा १२÷२५६ जीबी बाट १२÷५१२ जीबी मेमोरी अपग्रेड वा ग्यालेक्सी बड्स३ प्रो, जसको मूल्य रु ३१ हजार ९९९ रहेको छ । ग्राहकले मात्र रु १४ हजार ९९९ मा प्राप्त गर्न सक्नेछन् र साथै, रु ३,३९९ मूल्य रहेको सिलिकन कभर पनि रु १ हजार ५०० मा प्राप्त गर्न सक्नेछन्।

ग्यालेक्सी एस२५ प्लस र ग्यालेक्सी एस२५ बेस प्रि–अर्डर गर्दा ग्राहकहरूले रु ३१ हजार ९९९ मूल्य रहेको ग्यालेक्सी बड्स३ प्रो रु १४ हजार ९९९मा र रु ३,३९९ मूल्य रहेको सिलिकन कभर पनि रु १,५०० मा प्राप्त गर्न सक्ने छन्।

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.