बुधबार, असार १०,२०८३ 05:13:29
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:13:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ई–कमर्स प्लेटफर्म डिजिटल साहुजीको व्यावसायिक सेवा सुरु

Laxmi Sunrise Bank Limited
ई–कमर्स प्लेटफर्म डिजिटल साहुजीको व्यावसायिक सेवा सुरु

काठमाण्डौ । इकमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’ सञ्चालनमा आएको छ । ‘मेक इन नेपाल’ इनिसिएटिभलाई सहयोग गर्दै स्थानीय प्रतिभा र उद्योगहरुलाई सबलीकरणमा योगदान गर्ने प्रतिबद्धतासहित कम्पनीले फागुन १० गतेदेखि व्यावसायिक सेवा सञ्चालनको सुरुवात गरेको हो।  

डिजिटल साहुजीको कर्पोरेट कार्यालय काठमाडौंको दरबारमार्गस्थित मायालु कम्प्लेक्समा रहेको छ। डिजिटल साहुजी नेपालमा विगत १७ वर्षयता क्वालिटी आईटी प्रडक्ट डेलिभरीका लागि लोकप्रिय रहेको स्काई टेक प्राइभेट लिमिटेडको भगिनी कम्पनीका रुपमा रहेको छ।

 डिजिटल साहुजीले व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी, व्यावसायिक ज्ञान र सीप सिकेर आफैँ व्यवसाय गर्न इच्छुक विद्यार्थी तथा विभिन्न किसिमका ग्राहकलाई सेवा दिने लक्ष्य राखेको छ। यसअनुसार कम्पनीले व्यवसाय गरिरहेकालाई उनीहरुको व्यवसाय डिजिटलाइजेसन गर्न र सहजै धेरै ग्राहकसम्म पुग्न मद्दत गर्ने, पसल तथा व्यवसायको चुस्त व्यवस्थापन गर्ने जनाएको छ। यसबाहेक उनीहरुको व्यवसायलाई सम्भावित जोखिमबाट सुरक्षित राख्ने र कम्पनीको समर्पित टिमबाट आवश्यक पर्दा तत्काल सहयोग गर्नेछ।

New Office
CG Motors
Garima Development Bank

त्यस्तै विद्यार्थीहरुलाई सँगसँगै सिक्ने र कमाउने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ। यसअनुसार कम्पनीले विद्यार्थी योजना ल्याएको छ। त्यसमा उनीहरुलाई प्राविधिक र व्यावसायिक तालिम प्रदान गरिने कम्पनीको भनाइ छ। कम्पनीले यस योजनामार्फत व्यावसायिक रुचि र सोच भएका विद्यार्थीलाई आफ्नो आधारभूत प्राविधिक र व्यावसायिक दक्षतायुक्त ज्ञान, सीप र तालिम प्रदान गर्नेछ जसले उनीहरुंलाई एकैसाथ सिक्ने र कमाउने बनाउनेछ। 

यस योजनामा आफ्नै व्यवसाय सुरु गर्ने सपना बुनेका विद्यार्थीलाई मार्गदर्शन र सहयोग गर्नेछ। यसबाहेक कम्पनीले ग्राहकका लागि आधिकारिक प्रडक्ट्सको प्रतिबद्धता जनाएको छ। यसअनुसार ग्राहकले कम्पनीमार्फत सही र आधिकारिक आईटी प्रडक्ट्समा आफ्नो घरको ढोकामै डेलिभरीको सुविधा पाउनेछन्। कम्पनीले व्यापक ग्राहकमाझ पुग्ने प्रतिबद्धतासहित अनलाइन शपिङ गर्ने र पसलमै गएर किन्न चाहने दुवैखाले ग्राहकलाई सेवा दिने जनाएको छ।  

त्यसका अतिरिक्त कम्पनीले ग्राहक सपोर्ट टिम खडा गरेको छ। जसले ग्राहकलाई आवश्यक कुनै पनि सहयोग उपलब्ध गराउनेछ।

यसले नामअनुसारको काम अर्थात्विभिन्न व्यवसायलाई प्रविधिसँग जोडेर तिनीहरुलाई डिजिटलाइजेसन गर्ने कम्पनीका संस्थापक तथा सिईओ राजन न्यौपानेले बताए ।  

‘हामी तपाईंको सपना पूरा गर्न आएका छौँ। आईटी प्रडक्ट्सका लागि एउटा विश्वासिलो र सुरक्षित इकमर्स प्लेटफर्म बन्ने हाम्रो लक्ष्य हो। हामी पसल सञ्चालक, विद्यार्थी र सूचना प्रविधिबारे उत्सुकहरुमाझ तपाईंको ढोकामै हामी आधिकारिक प्रडक्टहरु डेलिभरी सेवा उपलब्ध गराउनेछौँ। हाम्रो भिजन भनेको हरेक व्यक्तिका लागि आईटी शपिङलाई सहज र पहुँचयोग्य बनाउने मात्र नभई उहाँहरुको शपिङ, सिकाइ र व्यावसायिक यात्रालाई सहयोग पुर्याउने पनि हो।’  न्यौपानेले भने ।  

यसले सामान नपाउनु, एक्सचेन्ज सुविधा नपाउनु, डेलिभरीमा ढिलासुस्तीजस्ता समस्याहरुको समाधान गर्ने कम्पनीको दाबी छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.