काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले ६२ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म आर्जन गरेको यो मुनाफा अघिल्लो आवको तुलनामा ९१.८४ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीको विद्युत बिक्री आम्दानी भने घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ९ करोड ५४ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी घटेर ९ करोड ११ लाख रुपैयाँमा सीमित बनेको छ ।
कम्पनीको वित्त खर्च घटेको छ । वित्त खर्च ५ करोड १० लाख रुपैयाँबाट घटेर ४ करोड २८ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको प्रशासनिक खर्च पनि १ करोड २९ लाख रुपैयाँबाट घटेर १ करोड १८ लाख रुपैयाँमा झरेको छ ।
यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङ ७ करोड ५३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक)३.१३ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ८४.४८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४५.१९ रुपैयाँ र तरलता अनुपात ४८ प्रतिशत कायम भएको छ ।