बिहीबार, आश्विन ३०,२०८२ 10:55:17
IME remit
  • बिहीबार, आश्विन ३०,२०८२ 10:55:17
IME remit
Global IME Bank Limited

सार्वजनिक खर्चलाई प्रभावकारी बनाउने मापदण्ड सार्वजनिक, सरकारी पदाधिकारीको भत्तामा कटौती

Hyundai Nepal
सार्वजनिक खर्चलाई प्रभावकारी बनाउने मापदण्ड सार्वजनिक, सरकारी पदाधिकारीको भत्तामा कटौती
Shivam Cement

काठमाण्डौ । सरकारी निकाय वा संगठित संस्थाको पदाधिकारी वा कर्मचारीले प्रोत्साहन भत्ता, अतिरिक्त समय काम गरे वापतको भत्ता, जोखिम भत्ता र विशेष भत्ता लगायका भत्ता नपाउने भएका छन् ।  

नेपाल सरकारले ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा पारदर्शी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड, २०८१’ ‘सार्वजनिक गरी सरकारी पदाधिकारीहरुको भत्तामा कडाई गरेको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

अब त्यस्ता पदाधिकारी तथा कर्मचारीहरुले कानूनबमोजिम बाहेक त्यस्ता कुनै पनि प्रकारको प्रोत्साहन भत्ता, अतिरिक्त समय काम गरेर  बापतको भत्ताहरु पाउने छैनन् ।  

तर मापदण्डअनुसार अर्थ मन्त्रालयले स्रोत उपलब्धताको आधारमा जोखिम भत्ता वितरणको व्यवस्था गर्न बाधा पर्ने छैन ।  

योसँगै सरकारी आवास प्रयोग गर्ने पदाधिकारीहरुले आवास सुविधाबापतको रकम पनि लिन नपाउने व्यवस्था गरिएको छ । साथै नियमित कामको लागि बैठक भत्ता प्रदान गरिने छैन  

CG Motors
Muktinath Bikas Bank Limited

तर कानूनबमोजिम गठन भएको समिति वा कार्यदलको लागि कार्यालय समय अघि वा पछि काम गरेको अवस्थामा बैठक भुक्तानी गर्न बाधा पर्ने छैन । कुनै पनि निश्चित कामको लागि गठन भएको छानबिन वा अनुसन्धान समिति, कार्यदल वा आयोगका पदाधिकारीले पूर्व निर्धारित कामका लागि बैठक भत्ता पाउने छैनन् ।

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.