शुक्रबार, श्रावण २९,२०८३ 08:51:45
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 08:51:45
Bizshala
Global IME Bank Limited

महुली लघुवित्तको नाफामा ६५.६८% को गिरावट, वितरणयोग्य मुनाफा रु.७५.८७ लाख

Prabhu Bank Limited
महुली लघुवित्तको नाफामा ६५.६८% को गिरावट, वितरणयोग्य मुनाफा रु.७५.८७ लाख
New Office

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ६५.६८ प्रतिशतले घटेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म ८९ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले २ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  

अन्य सञ्चालन खर्च बढ्नर, इम्पेयरमेन्ट चार्ज बढ्नु र खुद शुल्क तथा कमिशन घटनु जस्ता कारणले संस्थाको नाफामा गिरावट आएको हो । समीक्षा अवधिसम्म संस्थाले १६ करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३४.७७ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले १२ करोड २३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो अवधिमा संस्थाले २ करोड ३ लाख रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो आम्दानी २ करोड ६८ लाख रुपैयाँ थियो ।  

यो अवधिमा संस्थाको कुल सञ्चालन आम्दानी पनि १४.२७ प्रतिशतले घटेर १२ करोड ६९ लाख रुपैयाँमा सीमित बनेको । संस्थाको सञ्चालन मुनाफा १ करोड २७ लाख रुपैयाँ रहेको छ ।  

CG Motors

दोस्रो त्रैमाससम्म संस्थाले कर्मचारीका लागि ८ करोड ७७ लाख रुपैयाँ खर्च गरेको छ । संस्थाको अन्य सञ्चालन खर्च २ करोड १० लाख रुपैयाँबाट बढेर २ करोड ४० लाख रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको रिटेन्ड अर्निङ घटेको छ भने रिजर्भको आकार बढेको छ । रिटेन्ड अर्निङ २ करोड ६४ लाख रुपैयाँबाट घटेर ७५ लाख ८७ हजार रुपैयाँ  कायम भएको छ । रिजर्भको आकार भने २८ करोड ५८ लाख रुपैयाँबाट बढेर ३१ करोड २५ लाख रुपैयाँ पुगेको छ ।  

संस्थाको वितरणयोग्य मुनाफा ७५ लाख ८७ हजार रुपैयाँ र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ४.७१ रुपैयाँ रहेको छ । १ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ४ अर्ब ७५ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ५ करोड ८२ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १ करोड १८ लाख रुपैयाँ छुट्टाएको थियो । यो अवधिमा संस्थाको खराब कर्जा अनुपात ४.६४ प्रतिशतबाट बढेर ४.८९ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) १६.२० रुपैयाँबाट घटेर ५.५६ रुपैयाँमा सीमित बनेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १९९.३१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६३९.५७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५६.०३ गुणा र तरलता अनुपात १४.६४ प्रतिशत कायम भएको छ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X