काठमाण्डौ । राधि विद्युत कम्पनी लिमिटेडको नाफामा सामान्य गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।
कम्पनीले यो अवधिमा ६ करोड ३३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा १३.३४ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ७ करोड ५९ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा २.६६ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमाफर्त ७ करोड ४० लाख रुपैयाँबराबरको आम्दानी गरेको थियो । यो अवधिमा कम्पनीले ४ करोड ६१ लाख रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ ।
कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च ९१ लाख ५० हजार रुपैयाँ र १ करोड ४ लाख रुपैयाँबराबरको वित्त खर्च रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५८ करोड ३४ लाख र कुल चालु दायित्व ४९ करोड ९४ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ७.२२ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १२३.२४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५३.६९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४७.९१ गुणा र तरलता अनुपात १.१७ प्रतिशत कायम भएको छ ।