काठमाण्डौ । ईङ्वा हाइड्रोपावर लिमिटेडको घाटा २७२.७८ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले २९ लाख ९६ हजार रुपैयाँ घाटा व्यहोरेको छ ।
अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको घाटा जम्मा ८ लाख ३ हजार रुपैयाँ थियो । कम्पनीले विद्युत बिक्रीबाट १३ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत चैत २८ गतेदेखि ७.९ मेगावाटको अपर ईङ्वा खोला स्मल हाईड्रोपावरबाट विद्युत उत्पादन सुरु गरेको छ । यो अवधिमा कम्पनीले ८७ लाख ९८ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति १२ करोड १४ लाख र कुल चालु दायित्व ५५ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण गरिएको)१ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९४.३४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६६३.८१ गुणा ऋणात्मक र तरलता अनुपात ०.२२ प्रतिशत कायम भएको छ ।