काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा ग्लोबल आइएमई बैंक र छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
ग्लोबल आइएमई बैंकको ५.५० प्रतिशत बोनस सेयर अर्थात १ करोड ९८ लाख ७० हजार ८२३.६३ कित्ता र छिमेक लघुवित्तको ८ प्रतिशत अर्थात बोनस सेयर अर्थात २३ लाख ८१ हजार ७३७.६८ कित्ता गरी कुल २ करोड २२ लाख ५२ हजार ५६१.३१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा सूचीकृत भएसँगै आगामी कारोबारदेखि यी सेयरहरु दोस्रो बजारमा कारोबारमा आउनेछन् ।