काठमाण्डौ । अमेरिकाले नेपाल सरकारलाई प्रदान गर्ने ५ अर्ब बढी सहयोग रकममा रोक लगाएको छ । अमेरिकी सरकारले नेपालको संघीयता र जैविक विविधता संरक्षणका लागि छुट्याइएको ३ करोड ९० लाख अमेरिकी डलर अर्थात् ५ अर्ब ५३ करोड रुपैयाँबराबरको सहयोग रोकेको हो।
अमेरिकाको सरकारी दक्षता विभाग (डिओजीइ( ले एक्समा पोस्ट गर्दै यसबारे जानकारी दिएको हो। यो रकममध्ये २ करोड डलर संघीयता र १ करोड ९० लाख डलर जैविक विविधता संरक्षणका लागि छुट्याइएको थियो।
अमेरिकाले नेपालमा मात्र नभई कम्बोडिया, बंगलादेश, सर्बिया, र भारतमा पनि करोडौं डलर बराबरका परियोजनाको रकममा रोक लगाएको छ ।