बुधबार, श्रावण ६,२०८३ 12:15:53
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 12:15:53
Bizshala
Global IME Bank Limited

हाईड्रो कम्पनीहरुको हकप्रद निष्कासनमा थप कडाइ गर्दै विद्युत नियमन आयोग

हाईड्रो कम्पनीहरुको हकप्रद निष्कासनमा थप कडाइ गर्दै विद्युत नियमन आयोग
New Office

काठमाण्डौ । विद्युत नियमन आयोगले जलविद्युत कम्पनीहरुलाई हकप्रद निष्कासनमा थप कडाई गर्ने बताएको छ । विद्युत नियमन आयोगका अध्यक्ष राम प्रसाद धितालले आज दोस्रो बजारका विभिन्न लगानीकर्ता संघका पदाधिकारीहरुसँग छलफलको क्रममा यस्तो बताएका हुन् ।  

उक्त अवसरमा धितालले प्राविधिक पक्ष नियालेर ५० प्रतिशत प्रोजेक्ट निर्माण कार्य सम्पन्न गरेको कम्पनीहरुलाई आवश्यककताका आधारमा मात्रै हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डलाई सिफारिस गर्ने बताए । धितालले यसमा नियमन आयोगले अझै कडाइ गर्दै जाने समेत जानकारी दिए ।  

यस विषयमा ७० लाख लगानीकर्ताहरुको अधिकारप्रति नियमन आयोग सचेत रहेको भन्दै उनले भने, ‘हकप्रद निष्कासन गर्दा थर्ड पार्टी भेरिफिकेसनको आधारमा अनुमति दिने वा नदिने भन्ने निर्क्यौल हुनेछ । त्यही अनुसार आयोगले धितोपत्र बोर्डमा सिफारिस गर्नेछ ।’

यस्तै उनले अब बन्ने कार्यविधिमा केही परिमार्जन गरेर हकप्रद निष्कासनमा कडाई गर्ने बताए ।  

लगानीकर्ताहरुको तर्फबाट नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले जलविद्युत कम्पनीहरुले हरेक वर्ष हकप्रद सेयरको खेती नै गर्ने गरेको आरोप लगाए । ‘बत्ति बाल्ने कुनै पनि टुङ्गो नभएका कम्पनीले समेत हकप्रद निष्कासन गर्ने गरेका छन्,’ उनले भने ।  

विद्युत नियमन आयोगका अध्यक्ष धितालले उपभोक्ताको अधिकार र लगानीकर्ताहरुको लगानी संरक्षण गर्ने विषयमा आयोग सचेत रहेको जानकारी दिए ।  

लगानीकर्ता ऋतुजंग कार्कीले पनि दोस्रो बजारमा जलविद्युत कम्पनीहरुले लाभांश घोषणा र हकप्रदको फण्डा निकालेर सर्वसाधारण फसाउने गरेको गुनासो गरे । सो अवसरमा लगानीकर्ता प्रकाश रजौरे तथा सुरज खड्काले पनि जलविद्युत कम्पनीहरुलाई विद्युत नियमन आयोगले प्रभावकारी रुपमा नियमन गर्नु पर्ने विषयमा आयोगको ध्यानाकर्षण गराएका थिए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.