बिहीबार, फाल्गुन ८,२०८१ 02:16:58
IME remit
  • बिहीबार, फाल्गुन ८,२०८१ 02:16:58
IME remit
Global IME Bank Limited

कर्जा पुनर्संरचनाको सुविधाले लघुवित्त संस्थाहरुको नाफा ५०.४७% ले बढ्यो, ३० संस्थाले घटाए खराब कर्जा

Hyundai Nepal
कर्जा पुनर्संरचनाको सुविधाले लघुवित्त संस्थाहरुको नाफा ५०.४७% ले बढ्यो, ३० संस्थाले घटाए खराब कर्जा
Nabil Bank Limited

काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय अवस्था सुधारिएको छ । नेपाल राष्ट्र बैंकले दिएको कर्जा पुनर्संरचनाको सहुलियतले लघुवित्त संस्थाहरुको खुद नाफामा सुधार देखिएको छ ।  

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेप्सेमा सूचीकृत ५० लघुवित्त संस्थाले २ अर्ब ७८ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५०.४७ प्रतिशत बढी हो ।

गत आवको दोस्रो त्रैमाससम्म लघुवित्त संस्थाहरुले १ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ नाफा कमाएका थिए । दोस्रो त्रैमाससम्म आइपुग्दा ७ वटा संस्था मात्रै घाटामा रहेका छन् । गत आवको दोस्रो त्रैमाससम्म भने १२ वटा संस्थाले घाटा ब्यहोरेका थिए ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

समिक्षा अवधिसम्म आइपुग्दा नाफामा उक्लिएका ४२ वटा संस्थामध्ये पनि ६ संस्थाको मात्रै नाफा घटेको छ भने ३६ वटाले उल्लेख्य मुनाफा बढाएका छन् ।  

दोस्रो त्रैमाससम्म आइपुग्दा कर्जा पुनर्संरचनाको सुविधाले लघुवित्त संस्थाहरुको निष्क्रिय कर्जा अनुपात घट्न पुगेर खुद ब्याज आम्दानी बढ्दा अधिकांशको नाफा बढ्न पुगेको लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादबले बताए ।  

पुष मसान्तसम्म आइपुग्दा अधिकांश लघुवित्त संस्थाहरुको खराब कर्जा अनुपात घट्न पुगेको छ । खराब कर्जा घट्दा संस्थाहरुको ब्याज आम्दानीमा सुधार देखिएर नाफा बढ्न पुगेको हो । राष्ट्र बैंकका अनुसार लघुवित्त संस्थाहरुले एनआरएफएस बमोजिम विवरण बनाउँदा उठ्न बाँकी रहेको ब्याजलाई समेत देखाउन मिल्ने भएकाले ब्याज आम्दानी र नाफामा सुधार देखिएको हो ।  

चालु आवको दोस्रो त्रैमाससम्म सबैभन्दा बढी नाफा साना किसान लघुवित्तले कमाएको छ । संस्थाले ५१ करोड ७७ लाख रुपैयाँ नाफा आर्जत गरी सर्वाधिक नाफा कमाउने संस्था बनेको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा १७.०१ प्रतिशत बढी हो ।  

त्यस्तै, छिमेक लघुवित्तले ५१ करोड १८ लाख, जीवन विकासले २० करोड ५४ लाख, ग्रामिण विकासले १८ करोड १८ लाख, डिप्रोक्सले २४ करोड ४५६ लाख र नेशनल लघुवित्तले २१ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ ।  

गत आवको तुलनामा सर्वाधिक नाफा बढाउनेमा भने स्वाभिमान लघुवित्त रहेको छ । संस्थाले ३४९२ प्रतिशतले नाफा बृद्धि गरेको छ । यता महुली लघुवित्तको भने ६५.६९ प्रतिशतले नाफा घटेको छ ।  

दोस्रो त्रैमाससम्म नेष्डो समृद्धि लघुवित्त, नेरुडे मिर्मिरे, इन्फिनिटी लघुवित्त, समता घरेलु लघुवित्त, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त र मातृभूमि लघुवित्त भने घाटामा रहेका छन् ।  

२५.२४ प्रतिशलते बढ्यो खुद ब्याज आम्दानी  

चालु आवको दोस्रो त्रैमाससम्म लघुवित्त संस्थाहरुको खुद ब्याज आम्दानी २५।२४ प्रतिशतले बढेको छ । सो अवधिसम्म ५० संस्थाले १४ अर्ब ८९ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।  

गत आवको सोही अवधिसम्म भने संस्थाहरुले ११ अर्ब ८९ करोड रुपैयाँ ब्याज आम्दानी गरेका थिए ।  

दोस्रो त्रैमाससम्म ९ वटा संस्थाको मात्रै ब्याज आम्दानी घटेको छ भने बाँकी सबैको बृद्धि भएको छ ।  

सबैभन्दा ब्याज आम्दानी गर्नेमा डिप्रोक्स लघुवित्त रहेको छ । संस्थाले १ अर्ब ३५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ६८.९८ प्रतिशत बढी हो ।  

गत आवको तुलनामा सबैभन्दा बढी ब्याज आम्दानी बढ्नेमा भने धौलागिरी लघुवित्त रहेको छ । संस्थाको ब्याज आम्दानी २०६.८१ प्रतिशतले बढेको छ।  

इपीएसमा कुन अब्बल ?  

प्रतिसेयर आम्दानी (इपीएस)कम्पनीहरुको महत्वपूर्ण सूचक मानिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ ।  

दोस्रो त्रैमाससम्म सबैभन्दा बढी इपीएस महिला लघुवित्तको रहेको छ । संस्थाको इपीएस ६७.३७ रुपैयाँ रहेको छ । त्यस्तै, मिथिला लघुवित्त र ग्लोबल आइएमई लघुवित्तको ३८.२४ रुपैयाँ, युनिक नेपालको ३६.९० रुपैयाँ, श्रृजनशील लघुवित्तको ३४.३० रुपैयाँ, सिवाइसी नेपालको ३२.४० रुपैयाँ र नेशनल लघुवित्तको ३२.३४ रुपैयाँ रहेको छ ।  

दोस्रो त्रैमाससम्म आइपुग्दा नेष्डो समृद्ध लघुवित्त, इन्फिनिटी, विन नेपाल, मातृभूमि, नेरुडे, समता घरेलु र समाज लघुवित्तको इपीएस भने ऋणात्मक अवस्थामा रहेको छ ।  

३० संस्थाको खराब कर्जा घट्यो  

लघुवित्त संस्थाहरुको नाफा बढ्नु प्रमुख कारण भनेकै खराब कर्जा घट्नु हो । दोस्रो त्रैमाससम्म आइपुग्दा ८० प्रतिशत संस्थाको खराब कर्जा घट्दा समग्रमा लघुवित्तहरुको नाफा बढ्न टेवा पुगेको हो ।  

सो अवधिसम्म आइपुग्दा २० संस्थाको खराब कर्जा अनुपात सामान्य बढेको छ भने ३० वटा संस्थाले यस्तो कर्जा घटाएका छन् । जसकारण लघुवित्तहरुको ब्याज आम्दानीमा सुधार देखिएर नाफा बढ्न पुगेको हो ।  

सबैभन्दा बढी श्रृजनशील लघुवित्तले गत आवको तुलनामा ११.१७ अंकले खराब कर्जा अनुपात घटाएर ६.९७ प्रतिशत कायम गर्न सफल भएको छ । त्यस्तै, सामुदायिक लघुवित्तले ९.७६ अंक, जनउत्थान सामुदायिक लघुवित्तले ४.३२ अंक, ग्रामिण विकास लघुवित्तले ३.६८ अंक र महिला लघुवित्तले ३.०९ अंकले खराब कर्जा घटाएको छ ।  

सो अवधिसम्म २३ वटा संस्थाको खराब कर्जा ५ प्रतिशत भन्दा कम छ भने २७ वटाको ५ प्रतिशत भन्दा माथि छ ।

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.