बुधबार, असार १०,२०८३ 07:50:47
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:50:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तिहार र छठपछि नेपालमा आन्दोलनको लहर: राजनीतिदेखि सेयर बजारसम्म ठप्प हुने खतरा

Laxmi Sunrise Bank Limited
तिहार र छठपछि नेपालमा आन्दोलनको लहर: राजनीतिदेखि सेयर बजारसम्म ठप्प हुने खतरा

काठमाण्डौ ।  नेपालमा राजनीतिक अस्थिरताको कालो बादल मडारिँदै गर्दा तिहार र छठ पर्वपछि देशभर आन्दोलनको लहर चल्ने संकेत देखिएको छ। विभिन्न राजनीतिक समूह, राजावादी शक्तिहरू र सेयर बजारका लगानीकर्ताहरूले सडकदेखि बजारसम्म ठप्प पार्ने गरी आन्दोलनको तयारी तीव्र बनाएका छन्। विश्लेषकहरूले तिहार र छठपछि दोस्रो जनआन्दोलनको सम्भावना रहेको दाबी गरेका छन्, जसले देशको राजनीतिक र आर्थिक अवस्थालाई थप जटिल बनाउने देखिन्छ।

New Office
CG Motors
Garima Development Bank

राजावादीको सशक्त आन्दोलनको तयारी

स्रोतहरूका अनुसार, तिहार र छठ पर्वपछि राजावादी समूहहरूले हालसम्मकै ठूलो आन्दोलन शुरू गर्ने तयारी गरेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले छठपछि देश ठप्प पार्ने घोषणा गरेका छन्। उनले जनतालाई डिजेल, पेट्रोल, दाल, चामल र तेल जस्ता अत्यावश्यक सामग्री जोहो गर्न आह्वान गरेका छन्। प्रसाईंले यो आन्दोलन वर्तमान संविधान खारेज गरी वैदिक सनातन हिन्दु अधिराज्य स्थापना नभएसम्म जारी रहने बताएका छन्।

“छठपछि, कात्तिक १५ गतेदेखि पेट्रोल, डिजेल र खानेकुरा जोहो गर्नुहोस्। नेपाल बन्द हुनेछ, पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म। यो व्यवस्था र संविधान फाल्न नसकेसम्म देश ठप्प रहनेछ,” उनले भने।

प्रसाईंको यो आह्वानलाई यसपटक हल्का रूपमा लिइएको छैन। दिल्लीमा विभिन्न शक्तिकेन्द्रहरूसँग भेटघाट गरी फर्केपछि उनले गरेको यो घोषणा अर्थपूर्ण मानिएको छ। अन्य राजावादी समूहहरू, राप्रपासहितका दल र हिन्दु राज्य स्थापनाका लागि लबिङ गरिरहेका धार्मिक संगठनहरू पनि यो आन्दोलनमा सहभागी हुने तयारीमा छन्।

राजावादीहरूले आन्दोलनका लागि समिति, उपसमिति, कमान्डर र उपकमान्डरहरू तोकेर रणनीति बनाइसकेका छन्। काठमाडौंलाई पहिलो चरणमा ठप्प पार्ने र त्यसपछि देशका अन्य प्रमुख शहरहरू कब्जा गर्ने योजना उनीहरूको छ। सुरक्षा निकायहरूले यो आन्दोलन सशक्त हुने अनुमान गर्दै रणनीतिक छलफल र तयारी तीव्र बनाएका छन्। उच्च स्रोतका अनुसार, देश ठप्प हुन सक्ने सम्भावनालाई ध्यानमा राखी सरकारले आवश्यक सुरक्षा रणनीति तयार गरिसकेको छ।

एमालेको संसद् पुनर्स्थापनाको मुद्दा

जेन-जेड आन्दोलनपछि सत्ताच्युत भएका पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा नेकपा (एमाले) पनि छठपछि आन्दोलनमा उत्रने तयारीमा छ। एमालेले नेपाली काँग्रेस र माओवादी केन्द्रको समर्थनमा संसद् पुनर्स्थापनाको मुद्दा उठाएर सडक आन्दोलन चर्काउने घोषणा गरेको छ।

राजावादीहरूको राजसंस्था पुनर्स्थापनाको आन्दोलन एकातिर र एमालेको संसद् पुनर्स्थापनाको दबाब अर्कोतिर हुँदा देश थप अस्थिर हुने खतरा छ। यही बेला जेन-जेड समूह पनि चुप लागेर नबस्ने देखिन्छ। उनीहरू पनि आन्दोलनमा उत्रने सम्भावना छ, जसले देशलाई ठप्प बनाउनुका साथै नयाँ मुठभेडको स्थिति सिर्जना गर्न सक्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सेयर लगानीकर्ताको आन्दोलन

राजनीतिक आन्दोलनहरूका बीच सेयर बजारका लगानीकर्ताहरू पनि चुपचाप बस्ने अवस्थामा छैनन्। करिब ७० लाख लगानीकर्ता आबद्ध सेयर बजारमा विभिन्न समूहहरूले पूँजी बजार सुधारका माग राखेर आन्दोलनको तयारी गरेका छन्। तिहारअघि धितोपत्र बोर्ड घेराउ गरी अध्यक्ष र सञ्चालकहरूलाई थुनेका लगानीकर्ताहरूकै अगुवाइमा देशभरका लगानीकर्तालाई काठमाडौं उतार्ने अभियान शुरू भएको छ।

यदि सेयर लगानीकर्ताहरूको आन्दोलनमा सबै पक्षको सहभागिता भयो भने यो राजावादी वा एमालेको आन्दोलनभन्दा पनि प्रभावकारी हुन सक्छ। “काठमाडौं जाऊँ अभियान” घोषणा गरिसकेका लगानीकर्ताहरूले सेयर बजारको अस्थिरताविरुद्ध ठूलो आन्दोलनको तयारी गरिरहेका छन्।

तिहार र छठपछि नेपालमा राजावादी, एमाले र सेयर लगानीकर्ताहरूको आन्दोलनले देशको राजनीतिक र आर्थिक अवस्था थप जटिल बन्ने देखिन्छ। यी आन्दोलनहरूले सडकदेखि सेयर बजारसम्म ठप्प पार्ने सम्भावना छ। सुरक्षा निकायहरूले सम्भावित अस्थिरताको सामना गर्न रणनीति बनाइरहेका छन्, तर यी आन्दोलनहरूको तीव्रता र प्रभाव कति गहिरो हुनेछ, त्यो भने पर्वहरूपछि मात्र स्पष्ट हुनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.