शुक्रबार, असार १९,२०८३ 03:21:01
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 03:21:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ट्यारिफ युद्धले चीन-अमेरिकी अर्थतन्त्रलाई ध्वस्त बनाइदिनसक्छ, अरुलाई के असर पर्नसक्छ ?(हेरौं बुँदागत रुपमा)

Laxmi Sunrise Bank Limited
ट्यारिफ युद्धले चीन-अमेरिकी अर्थतन्त्रलाई ध्वस्त बनाइदिनसक्छ, अरुलाई के असर पर्नसक्छ ?(हेरौं बुँदागत रुपमा)

काठमाण्डौ । ९० वर्षअघि फ्र्याङ्कलिन डेलानो रूजवेल्टले विश्वकै सबैभन्दा ठूलो महामन्दीको कारणहरूको अनुसन्धान गरेका थिए। केही ठोस कारणहरू निस्किए। निष्कर्ष यस्तो थियो: ‘आकाश छुने आयात शुल्क’ (ट्यारिफ)मा विश्वको जवाफी कारबाहीले अमेरिका विनाशको बाटोमा धकेलिएको थियो। यो अमेरिकाका लागि ठूलो पाठ थियो।

त्यसपछि, अमेरिकी नेतृत्वले दशकौंसम्म ट्यारिफ कम राख्यो। विश्वव्यापी व्यापार बढाउन धेरै सुधारहरू गरियो। तर, पुनः अमेरिकी राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ट्यारिफलाई अचूक अस्त्र मान्छन्। उनले चीनविरुद्ध कडा ट्यारिफ नीति लागू गर्ने घोषणा गरेका छन्।

New Office
CG Motors
Garima Development Bank

त्यहीँ, चीनले यसको उजुरी वर्ल्ड ट्रेड अर्गनाइजेशन(डब्ल्यूटीओ)मा गरेको छ। यदि दुवै देशबीच विवाद समाधान भएन भने, यो ट्यारिफ युद्ध चाँडै नै व्यापार युद्धमा परिणत हुनसक्छ।  

के ट्रम्पले अमेरिकालाई फेरि संकटमा लैजान लागेका हुन् ? यसको चिनियाँ अर्थतन्त्रमा के असर पर्नेछ ? चीन अमेरिका ट्यारिफ युद्धको भारत र अन्य देशहरूमा के प्रभाव पर्न सक्छ ? आउनुहोस्, बुझौँः

ट्रम्पको पहिलो कार्यकालमा लगाइएका ट्यारिफहरूको के असर भयो ?

-द इकोनोमिस्ट म्यागजिनका अनुसार, ट्रम्पको पहिलो कार्यकालमा चीनविरुद्धको कडा ट्यारिफ नीतिले अमेरिकी व्यापार घाटा घटाएन। वास्तवमा, ट्यारिफ लगाउँदा अमेरिकी डलर मजबुत हुन्छ, जसले अन्य देशबाट आयात हुने वस्तुहरूको माग घटाउँछ र विदेशी मुद्रा प्रवाह कम हुन्छ। यसले अमेरिकी निर्यातलाई समेत असर गर्छ। ट्रम्पको पहिलो कार्यकालमा कडा ट्यारिफ नीति अपनाउँदा पनि उत्पादन क्षेत्रमा रोजगारी घटेको थियो। स्टिल जस्ता केही क्षेत्रहरूको आम्दानी बढ्यो, तर अन्य धेरै उद्योगहरू घाटामा गए।

अमेरिकी ट्यारिफको जवाफमा चीनले के प्रतिक्रिया दियो ?

-चीनले अमेरिकी प्रविधि क्षेत्रका दिग्गज कम्पनीहरू, जस्तै एप्पल र गुगलविरुद्ध अनुसन्धान सुरु गरेको छ। उसले अमेरिकाबाट आयात हुने कोइला र एलएनजीमा १५ प्रतिशत ट्यारिफ लगाएको छ। साथै, अमेरिकी कच्चा तेल, कृषि उपकरण, ठूला डिस्प्लेसमेन्ट सवारीसाधन, पिकअप ट्रकहरूमा १० प्रतिशत ट्यारिफ बढाएको छ। टंगस्टनसहित केही प्रमुख खनिजको निर्यातमा कडाइ गरिएको छ। अमेरिकी रक्षा, इलेक्ट्रोनिक्स, र औद्योगिक उत्पादन उद्योगहरू टंगस्टन आयातमा धेरै निर्भर छन्। यद्यपि, चीनको कदम अमेरिकाका लागि धेरै प्रभावकारी छैन।

दुवै देशको जवाफी कारबाहीले कसलाई कति नोक्सान पुऱ्याउँछ ?

-चीनको अमेरिकासँगको व्यापार अधिशेष २३ लाख करोड रुपैयाँ छ। अमेरिकी ट्यारिफमा लगभग ३९ लाख करोड रुपैयाँ बराबरको चिनियाँ सामान समावेश छ, जबकि चिनियाँ ट्यारिफले १.७३ लाख करोड रुपैयाँ बराबरको अमेरिकी सामानलाई प्रभाव पार्छ। ट्रम्पको विजयपछि, चीनले स्थानीय सरकारहरूको वित्तीय बोझ कम गर्न १२१.४ लाख करोड रुपैयाँको राहत प्याकेज दिएको छ, तर यो चीनको लुकेको ऋणको तुलनामा अपर्याप्त छ। अवस्था यस्तो छ कि स्थानीय सरकारहरू समयमा तलब दिन सकिरहेका छैनन् र कटौती गरिरहेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चीन अमेरिका ट्यारिफ युद्धको भारत र विश्वमा के प्रभाव पर्छ ?

-अक्सफोर्ड इकोनोमिक्सका अनुसार, ट्रम्पको पहिलो कार्यकालमा ट्यारिफ नीति लागू भएपछि २०१७ देखि २०२३ को अवधिमा भारत चौथो ठूलो लाभान्वित देश बन्यो। अहिले अमेरिकी ट्यारिफ बढेपछि, चिनियाँ कम्पनीहरूले आफ्नो उत्पादन प्लान्ट भियतनाम, कम्बोडिया जस्ता देशमा सार्न थालेका छन्। चीन दक्षिणपूर्व एसिया, अफ्रिका, र ल्याटिन अमेरिकी देशहरूमा निर्यात विस्तार गर्न प्रयासरत छ। ऊ सोलार प्यानलदेखि लिएर आर्टिफिशियल इन्टेलिजेन्स क्षेत्रमा ठूला लगानी गरिरहेको छ। गत वर्ष, चीनको व्यापार अधिशेष ऐतिहासिक रूपमा ८६ लाख करोड रुपैयाँ पुगेको थियो।

चीनलाई अमेरिकाभन्दा अढाई गुणा बढी नोक्सान हुनेछ

-ट्यारिफ युद्धका कारण २०२५ सम्म चीनको अर्थतन्त्रको वृद्धिदर ४.१ प्रतिशतमा सीमित हुन सक्छ, जुन २०२४ को चौथो त्रैमासिकमा ५.४ प्रतिशत थियो।  

पिटरसन इन्स्टिच्युट फर इन्टरनेशनल इकोनोमिक्सका अनुसार, यसले दुवै देशको अर्थतन्त्रलाई असर पार्नेछ। अमेरिकाको वास्तविक जीडीपी २०२७ सम्म ०.०७ प्रतिशत र चीनको ०.१६ प्रतिशतले घट्नसक्छ। ४ वर्षमा अमेरिकी जीडीपी ४.७७ लाख करोड रुपैयाँ र चिनियाँ अर्थतन्त्र ११ लाख करोड रुपैयाँले संकुचित हुनसक्छ।

(एजेन्सीहरुको सहयोगमा तयार रिपोर्ट)

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.