काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २० गते बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
गत असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभाश (कर समेत)गरी कुल २५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
लाभांश पारित गर्न कम्पनीले कात्तिक ३० गते विरगञ्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा साधारण सभा डाकेको छ ।

