बुधबार, बैशाख २,२०८३ 01:52:42
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 01:52:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

व्यवसाय वृद्धिको बाटोमा कोकाकोला, दुध र प्रोटिन सेक बेच्न सुरु

Bizshala
व्यवसाय वृद्धिको बाटोमा कोकाकोला, दुध र प्रोटिन सेक बेच्न सुरु
Shivam Cement

काठमाण्डौ । स्वास्थ्यमा नकारात्मक समस्या बढेको ग्राहकहरुको गुनासोसँगै सोडा व्यवसायमा आएको कमीका कारण कोका–कोलाले विगत एक दशकदेखि आफ्नो प्रडक्ट  विविधकरणमा जोड दिईरहेको छ ।  

कम्पनीले प्रडक्ट विविधिकरणका लागि सन् २०१२ मा होलसेल डेरी उत्पादन सेलेक्ट मिल्क प्रोड्युसरसँगको ज्वाइन्ट भेन्चरमा‘फेयरलाइफ’ लञ्च गरेको थियो । कोलाकोला सन् २०२० मा यो ब्राण्डलाई ९८० मिलियन डलरमा पूर्ण रुपमा आफ्नो स्वामित्वमा लिएको थियो । सन् २०२२ मा फेयरलाइफले १ अर्ब डलरको बिक्री गरेको कोलाकोलाले जनाएको थियो ।  

फेयरलाइफले अल्ट्रा फिल्टर्ड सिस्टममार्फत दुधबाट ल्याक्टोज र सुगर निकालेर प्रोटिनको मात्रा दोब्बरले बढाउने गर्दथ्यो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो प्रडक्ट सबैभन्दा चर्चित प्रडक्टको रुपमा रहेको छ । यद्यपी कोर पावर प्रोटिन सेक ब्राण्ड पनि अन्य प्रतिष्पर्धिको अभावमा  धेरैजासो ग्रोसरी स्टोरमा चर्चित छ । अमेरिकामा प्रोटिन सेकको बजार ६ अर्ब डलर रहेको छ ।    

फेयर।लाइफले कोकाकोलाको अन्य ठूला एक्युजिसन–कोस्टा कफिलाई पछि पारेको छ । कोकाकोलाले सन् २०१८ मा कोस्टा अफिलाई प्राप्ति गरेको थियो ।  

यद्यपी कोकाकोलाको प्रमुख व्यवसायको रुपमा सोडा व्यवसायको दबदबा अझै रहेको छ । तर कोकाकोलाको प्रतिष्पर्धि पेप्सी भने फ्रिटो–ले स्न्याक ब्राण्डमा निर्भर रहेको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.