बिहीबार, बैशाख ३१,२०८३ 01:54:32
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 01:54:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनसेलले ल्यायो ‘९० अनलिमिटेड’ र ‘५० डेटा’अफर

Laxmi Sunrise Bank Limited
एनसेलले ल्यायो ‘९० अनलिमिटेड’ र ‘५० डेटा’अफर
Shivam Cement

काठमाण्डौ । एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ ‘९० अनलिमिटेड’ र ‘५० डेटा’गरि दुई डेटा प्याकहरु सञ्चालनमा ल्याएको छ । यी प्याकहरू ग्राहकहरूलाई सधैं अन राख्न योगदान पुर्याउने कम्पनीको प्रतिबद्धता अनुरुप ल्याइएका हुन् ।

कर सहित रु.९० शुल्क रहेको ९० अनलिमिटेड योजनाअन्तर्गत, ग्राहकहरूले दुई दिनसम्म मोबाइल डेटाको अनलिमिटेड मोबाइल इन्टरनेटको भरपुर फाइदा लिन सक्छन् । ग्राहकहरूलाई डेटा सहजताको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको यो अफरले अनलिमिटेड इन्टरनेट प्रयोगको सुविधा सुनिश्चित गर्छ । जसले गर्दा ग्राहकहरू उच्च गतिको मोबाइल ब्रोड ब्यान्ड सेवामार्फत सहजै सम्पर्कमा रहन सक्छन् ।

Bizshala
New Office
CG Motors

यो अफर विषेशतः छोटो अवधिको लागि बिना झन्झट इन्टरनेट पहुँच खोज्ने प्रयोगकर्ताहरूका लागि उपयुक्त विकल्प हो । ग्राहकहरूले एनसेलएपमार्फत वा एष्ट्रिक्स १२३ एष्ट्रिक्स ४ एष्ट्रिक्स १ एष्ट्रिक्स ४ ह्यास डायल गरेर यो ‘९० अनलिमिटेड’प्याक लिन सक्छन् । कामका लागि होस् वा मनोरञ्जनका लागि, फिल्महोस् वा अनलाइनमार्फत गीत संगीतको आनन्द लिन वा सामाजिक सञ्जाल जोडिन, यो प्याकले ४८ घण्टासम्म कुनै पनि डेटा सीमा बिना निर्बाध रुपमा इन्टरनेट सेवा प्रदान गर्दछ ।

यस्तैगरी, ‘५० डेटा’प्याकअन्तर्गत ग्राहकले १.१ जीबी मोबाइल डेटा भोल्युम कर सहित मात्र रु. ५० मा पाउन सक्छन् । यो डेटा तीनदिनसम्म मान्य रहन्छ । सुलभ शुल्कमा लामो ३ दिनसम्म प्रयोग गर्न सकिने सुविधा भएकोले यसले डेटा चाहिने तर थोरै प्रयोग गर्ने ग्राहकहरूलाई विषेश महत्व राख्दछ ।

Garima Development Bank
Shivam Cement
IME remit

ग्राहकहरूले एनसेल एपबाट वा एष्ट्रिक्स १२३ एष्ट्रिक्स ४ एष्ट्रिक्स २ एष्ट्रिक्स १ ह्यास डायल गरेर सजिलै यो प्याक खरिद गर्न सक्छन् । यो प्याक इन्टरनेट ब्राउजिङ, मोबाइलमार्फत डिजिटल कारोबार गर्न तथा स्पोटिफाई जस्ता प्लेटफर्महरूमा गीत संगीतको मजा लिने लगायतका कार्यका लागि उपयुक्त छ ।

विषेशगरी छोटो छोटा अवधिका लागि डेटा लिन चाहने ग्राहकहरुका लागि डिजाइन गरिएका यी नयाँ डेटा अफरहरू अनलिमिटेड इन्टरनेट होस् वा भोल्युममा आधारित सजिलो इन्टरनेट पहुँच दुवै वर्गका ग्राहकहरुका लागि लाभदायी हुने एनसेलले जनाएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.