मंगलवार, फाल्गुन ५,२०८२ 10:55:04
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 10:55:04
Bizshala
Global IME Bank Limited

गणपति लघुवित्तद्वारा सदस्यलाई सदस्य सिप विकास तालिम प्रदान

गणपति लघुवित्तद्वारा सदस्यलाई सदस्य सिप विकास तालिम प्रदान
Shivam Cement

काठमाण्डौ । गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुको सीप तथा क्षमता विकास गर्ने उदेश्यले फरक फरक शिर्षकका दुई वटा एक दिवशिय तालिम सम्पन्न गरेको छ ।

शाखा कार्यालय गोबरडिहा दाङले एक दिने तरकारी खेती तालिम तथा बीउ बिजन वितरण कार्यक्रम गोबरडिहामा सम्पन्न गरेको छ । संस्थाको तालिम विकास तथा प्रवर्तन विभाग प्रमुख प्रभुराज थापाको प्रमुख आतिथ्यता र शाखा प्रबन्धक पबित्रा गिरिको अध्यक्षतामा भएको तालिमको प्रशिक्षण सम्बन्धित बिषयविज्ञ रविता कुमारी यादवले दिएकी थिइन् । 

उक्त तालिममा कर्जा असुली तथा जोखिम व्यवस्थापन विभागका कामु अधिकृत गोकुल पाण्डे अतिथिको रुपमा उपस्थित थिए भने कार्यक्रमको सञ्चालन तथा समन्वय सहायक प्रकाश भण्डारीले गरेका थिए । उक्त तालिममा ३४ जना सदस्यहरुको सहभागीता रहेको थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यसैगरी, शाखा कार्यालय सल्यानटार धादिङले पनि एक दिने व्यवसायिक बाख्रा पालन तालिम सल्यानटारमा सम्पन्न गरेको छ । शाखा प्रबन्धक प्रकाश खनालको अध्यक्षतामा भएको तालिमको प्रशिक्षण सल्यानटारका पशु चिकित्सक जेटिए नविन बसौलाले दिएका थिए । २५ जना सदस्यहरुको सहभागीतामा उक्त तालिम सम्पन्न भएको थियो । तालिमको सञ्चालन तथा समन्वय सुपरिवेक्षक महेश बोहराले गरेका थिए ।

दुवै तालिमका सहभागीहरुलाई प्रमाणपत्रको समेत व्यवस्था  गरिएको थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.