काठमाण्डौ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसी तेल ट्याङ्कर र जहाजमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ट्रुडोले सामाजिक सञ्जाल एक्समार्फत यस्तो घोषणा गरेका हुन् ।
उनले एक्समा लेखेका छन्,‘रुसले युक्रेनमा आफ्नो युद्धलाई तेलबाट हुने नाफाबाट फण्डिङ गरिरहेको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट बच्न रुसले अवैध रूपमा आफ्नो तेल संसारभर पठाइरहेको छ ।’
उनले थप लेखेका छन्,‘मैले किभमा १०९ रूसी तेल ट्याङ्कर र जहाजहरूमा नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छु।’ यसअघि प्रधानमन्त्री ट्रुडोले भनेका थिए, ‘दिगो शान्तिका लागि युद्ध एक्लै जित्न सकिँदैन। त्यसैले हामी यहाँ (युक्रेन) छौं। मैले किभमा राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरेँ र क्यानडा सधैं युक्रेनको साथमा रहेको बताए।’
यस्तै उनले युक्रेनमा शान्ति स्थापना गर्न र सार्वभौमसत्ता कायम गर्न क्यानडाको तर्फबाट नयाँ सैन्य सहयोग प्रदान गर्ने विषय उठाएको बताएका छन् ।