काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र फागुन २२ गते खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको लाजिम्पाटमा रहेको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बिहान ८ बजे खोलिने छ ।
कम्पनीले गत फागुन ५ गतेदेखि फागुन १९ गतेसम्म १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो । कुल सेयर संख्यामध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा रहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर रहेका थिए ।
कम्पनीले गत मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद निष्कासन गरेको थियो । जसमा आवेदन नपरेको सेयर कम्पनीले बिक्री गरेको हो ।