काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको लक इन समयावधि आगामी चैतमा समाप्त हुने भएको छ । कम्पनीको १ करोड ६५ लाख २४ हजार ४८९ कित्ता सेयरको लक इन अवधि चैत २९ गते समाप्त हुन लागेको हो ।
सो मितिमा कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।
लक इन अवधि खुल्न लागेको कुल सेयरमा १ करोड ४६ लाख २३ हजार ७६० कित्ता संस्थापक सेयर, स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको १८ लाख २७ हजार ९७० सय कित्ता र कर्मचारीका लागि बाँडफाँड गरिएको ७३ हजार ११९ कित्ता रहेको छ ।
कम्पनीले स्थानिय बासिन्दाका लागि विसं २०७८ माघ २७ गतेदेखि फागुन २६ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । यस्तै कम्पनीले आम सर्वसाधारण(कर्मचारी समेत)का लागि भने विंस २०७८ चैत १६ गतेदेखि चैत २१ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले उक्त आईपीओ २०७८ चैत २९ गते बाँडफाँड गरेको थियो ।
धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । यो अवधिमा यस्ता सेयरहरु बिक्री गर्न नपाइने व्यवस्था रहेको छ ।
कम्पनीले सञ्चालक सदस्य रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुले भने पदमा रहेसम्म तथा पदबाट हटेपछि एक वर्षसम्म सेयर खरिद बिक्री गर्न नपाइने स्पष्ट पारेको छ ।