काठमाण्डौ । युरोपेली देशहरूले गाजाको पुनःर्निर्माणका लागि बनेको अरब राष्ट्रहरूको योजनालाई समर्थन गर्ने बताएका छन् । अरब देशहरूको योजनामा गाजाको पुनःर्निर्माणको लागत ५३ अर्ब डलर हुनेछ। यसमा प्यालेस्टिनीहरूले क्षेत्र नछाड्नु पर्ने जनाइएको छ ।
यो योजना इजिप्टले बनाएको हो र यसलाई अरब नेताहरूले यसलाई समर्थन गरेका छन्। तर, इजरायल बाहेक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसलाई अस्वीकार गरेका छन् ।
ट्रम्पले केही समयअघि गाजा पट्टीको बारेमा आफ्नो योजनाको खुलासा गरेका थिए। जससमा उनले यस क्षेत्रलाई ‘मिडल इस्ट रिभिएरा’मा परिणत गर्ने बताएका थिए ।
यसैबीच, शनिबार फ्रान्स, जर्मनी, इटाली र बेलायतका विदेशमन्त्रीहरूले अरब राष्ट्रहरूको योजनाको स्वागत गरेका छन्। उनीहरुले गाजालाई पाँच वर्षमा पुनःर्निर्माण गर्ने योजनालाई ‘वास्तविक’ बताएका छन् ।