काठमाण्डौ । युनाईटेड मोदी हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले ११ औं वार्षिक साधारण सभा डाकेको हो ।
सभा आगामी चैत २७ गते काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
उक्त सभामा गत जेठ २७ गते सम्पन्न कम्पनीको १० औं साधारण सभाबाट पारित भएको शतप्रतिशत हकप्रद निष्कासनको प्रस्तावलाई संशोधन गरी १ः०.६५ अनुपात कायम गर्ने र हकप्रद सेयर निष्कासनका लागि कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सो अवधकिो वित्तीय विवरणहरु पारित गरी चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सभामा अन्य लगानीयोग्य पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गरिनेछ ।