बुधबार, चैत्र २०,२०८१ 07:26:28
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 07:26:28
IME remit
Global IME Bank Limited

टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर

Hyundai Nepal
टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर
Nabil Bank Limited

काठमाण्डौ । टिकटकले ‘एनसेल नेपाल सुपर लिग (एनएसएल)’ सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ। यो सहकार्यसँगै टिकटकमा विशेष कन्टेन्ट, खेलाडीहरूको संलग्नता र प्रतियोगिताका हाइलाइट मार्फत फ्यानहरूलाई कार्यक्रमको अझै नजिक ल्याइने जनाइएको छ।

मार्च २९ देखि काठमाण्डौमा आयोजना हुने एनसेल एनएसएल ३ को समयमा फुटबल प्रशंसकहरूले अहिले विश्वभर एक अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ताहरू रहेको टिकटक प्लेटफर्ममा संलग्न हुने र कन्टेन्टहरू बनाउने अवसर पाउनेछन्। दशरथ रंगशालामा आयोजना हुने एक महिना लामो फुटबल महोत्सव अप्रिल २६, २०२५ मा हुने फाइनलसँगै समाप्त हुनेछ।

टिकटक पछिल्ला केही वर्षहरूमा नेपालमा खेलकुद र मनोरञ्जन कन्टेन्टको एक महत्त्वपूर्ण स्रोत एवम् जोशिला प्रशंसक र क्रियटरहरूको लागि जमघटस्थलको रूपमा विकसित भएको छ।  

Shivam Cement
Bizshala
CG Motors

यो साझेदारी मार्फतदेशभरका एनसेल एनएसएल फ्यानहरूले खेलका हाइलाइट, खेलाडीहरूसँगको पर्दा पछाडिका अन्तरक्रिया र भाइरल गेम डे ट्रेण्डहरूबारे अपडेट रहन सक्छन्, जसले लिगलाई अझ अन्तरक्रियात्मक र आकर्षक बनाउँने विश्वास लिइएको छ। नेपालका फुटबल फ्यानहरूले #NSL र #NepalSuperLeague ह्यासट्यागहरू प्रयोग गरेर टिकटकमा यस प्रतियोगिताका अविस्मरणीय क्षणहरू सँगै सेलिब्रेट गर्न सक्नेछन्। साथै,  #CelebrateFootball ह्यासट्यागले टिकटकमा युनिक कन्टेन्टहरूप्रस्तुत गर्नेछ, जसले युजर डिस्कभरी र एनएसएल कन्टेन्टसँग संलग्नता बढाउँछ। यसबाहेक,#CelebrateFootball ले फ्यानहरूलाई नेपाली फुटबलमा यस अघि कहिल्यै नभएको एक्सक्लुसिभ बिहाइन्ड द सिन एक्सेसपनि प्रदान गर्नेछ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

टिकटकको दक्षिण एसियाकी कन्टेन्ट अपरेसन प्रमुख पूजा दत्ताले भनिन्,‘हामी नेपालको सबैभन्दा ठूलो खेलकुद कार्यक्रमहरू मध्ये एकएनसेल एनएसएल ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर बन्न पाउँदा उत्साहित छौं। यस साझेदारीसँगै हामीले टिकटकमा यस सिजनभरि नै लिगका फ्यानहरूमाझ यस भव्य प्रतियोगिताको भावना र जोश ल्याउने लक्ष्य राखेका छौं। टिकटक नेपालमा विगत दुई वर्षमा खेलकुद कन्टेन्टको जीवन्त केन्द्र बनेको छ। यसले अविश्वसनीय र अनौठा खेलकुद कन्टेन्टलाई बढावा दिन्छ र क्रियटरहरूलाई खेलकुदका केही उत्कृष्ट क्षणहरूलाई फेरिजीवन्त बनाउन र रिमिक्स गर्न सजिलो बनाउँछ। हामी फ्यानहरूलाई खेल्ने अनलाइन एरिना प्रदान गर्दैहाम्रो नेपाली समुदायलाई नेपालको सबैभन्दा लोकप्रिय खेलकुद ईभेन्टसँगक्रियसन र इन्गेजमेन्टका नयाँ तरिकाहरू प्रदान गर्नेछौं। आशा छ, हामी टिकटकलाई नेपाली फुटबल मात्र नभई अन्य खेलहरूको लागि पनि फ्यानडमको घर बनाउने छौं।’

एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले भने,‘एनएसएल सधैंभरि फुटबलमा फ्यानहरूको अनुभवलाई पुनः परिभाषित गर्ने प्रयास गर्दछ। यो सहकार्यले उनीहरूलाई लिग र आफ्ना मनपर्ने खेलाडीहरूसँग पहिलो पटक नजिक ल्याउनेछ। फुटबल केवल खेल मात्र होइन,यो जोश, समाज र साझा अनुभवहरूको बारेमा पनि हो। यहाँ हामी एनएसएल प्रेमीहरूलाई नजिक ल्याउन र टिकटक मार्फत फुटबलप्रतिको उनीहरूको प्रेम सेलिब्रेट गर्न सक्छौं।’

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.