IME remit
  • शनिबार, कार्तिक १,२०८२ 08:49:19
IME remit
Global IME Bank Limited

आठ महिनामा रु.५६ अर्बको खानेतेल निर्यात

Hyundai Nepal
आठ महिनामा रु.५६ अर्बको खानेतेल निर्यात
Shivam Cement

काठमाण्डौ । देशमा पछिल्लो आठ महिनामा करिब ५६ अर्ब रुपैयाँ बराबरको खानेतेल निर्यात भएको छ । पछिल्लो आठ महिनामा १ खर्ब ५८ अर्ब रुपैयाँको निर्यात गर्दा ४७ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ बराबरको भटमास (सोयाबिन) तेल मात्रै निर्यात भएको छ ।  

त्यस्तै, ७ अर्ब ९८ करोड २३ लाख रुपैयाँ बराबरको सूर्यमुखी तेल, ५ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको अलैंची, ४ अर्ब ३२ करोड ३९ लाख रुपैयाँको कार्पेट निर्यात भएको छ ।

विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपमा बढेको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

विभागका अनुसार चालु आवको दोस्रो चौमासिक अवधिसम्म मुलुकले कुल १३ खर्ब ३ अर्ब ७३ करोड ८६ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार गर्दा ९खर्ब ८७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँको घाटा भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात ११.२० र निर्यात ५७.२० प्रतिशतले बढेको छ । अर्थात् गतवर्षको तुलनामा यसवर्ष नेपालको निर्यातमा खानेतेलको निकै ठूलो हिस्सा देखिएको छ ।

पछिल्लो आठ महिनामा ११ खर्ब ४५ अर्ब ५६ करोड ६२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने एक खर्ब ५८ अर्ब १७ करोड २४ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

छिमेकी मुलुक भारतसँग मात्र नेपालले आठ महिनामा ५ खर्ब ६३ अर्ब ६७ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ । गत साउनदेखि फागुनसम्म भारतबाट ६ खर्ब ८८ अर्ब ६८ करोड रुपैयाँको आयात हुँदा १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

चीनसँग २ खर्ब १९ अर्ब १८ करोड रुपैयाँको आयात र २ अर्ब १२ करोड रुपैयाँको निर्यात हुँदा २१ अर्ब ७० करोड रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । साथै अर्जेन्टिना, युक्रेन, युनाईटेड अरब ईमिरेट्स, अस्ट्रेलियालगायतका मुलुकहरुसँग नेपालको व्यापार घाटा उच्च छ ।

उक्त अवधिमा ३४ वटा मुलुकसँगको व्यापारमा नेपाल नाफामा छ । अफगानिस्तान, डेनमार्क, रसिया, अस्ट्रिया, माल्दिभ्सलगायतका मुलुकसँगको वैदेशिक व्यापारमा नेपाललाई नाफा छ ।

सो अवधिमा पेट्रोलियम पदार्थको आयात उच्च छ । पछिल्ला आठ महिनामा नेपालले ७८ अर्ब ८६ करोड ३७ लाखको डिजेल, ४२ अर्ब ८० करोड १७ लाखको पेट्रोल र ४१ अर्ब रुपैयाँ बराबरको एलपी ग्यास आयात गरेका छ ।

त्यस्तै, ९अर्ब ६९ करोड २२ लाख रुपैयाँ बराबरको विद्युतीय सवारीसाधन र २ अर्ब ११ करोड रुपैयाँ बराबरको अन्य सवारीसाधन आयात भएको छ । यो अवधिमा २१ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ बराबरको १४ लाख सात हजार ७८ वटा स्मार्टफोन आयात भएको पनि विभागको तथ्याङ्क छ ।

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.