काठमाण्डौ । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धीले एक विशेष फाइनान्सिङ अफर ल्याएको छ । कम्पनीले ईभी खरिद लाई थप पहुँच योग्य बनाउँन यो अफर ल्याएको जनाएको छ । ईभीको माग बढेसँगै नामीले ग्राहकहरूलाई थप सुविधा र सहज सवारी साधन खरिद अनुभव प्रदान गर्नका लागि फाइनान्सिङको सजिलो विकल्प प्रदान गरेको कम्पनीको भनाई छ।
यो पेमेन्ट स्कीमबाट ग्राहकहरूले अब मात्र २० प्रतिशत डाउन पेमेन्ट गरि डोङफेङ नामीका ईभीहरू किन्न सक्नेछन्।नामी ईभी मोडेलहरूको लागि डाउन पेमेन्ट मूल्य ५.९९ लाख रुपैयाँमा तय गरिएको छ।यसले ग्राहकहरूलाई कुनैपनि क्यापिटल अप फ्रन्ट बिना पूर्णरूपमा प्रिमियम गुणस्तरको ईभी खरिद गर्न सहज बनाउने छ । जसले गर्दा अब यो ईभी ठूलो सङ्ख्याका ग्राहकहरूले सजिलै किन्न सक्नेगरि उपलब्ध हुने कम्पनीको विश्वास छ ।
सरल र सजिलो खरिद प्रक्रिया पूरा गर्न नामीले ८० प्रतिशत सम्म फाइनान्सिङ गर्दछ । जसले गर्दा ग्राहकहरूले विश्वसनीय फाइनान्सियल पार्टनरहरू मार्फत आफ्नो गाडीको लागतको ठूलो हिस्सा फाइनान्सिङ गर्न सक्नेछन्। यसले ग्राहकहरूलाई समयसँगै आफ्ना पेमेन्टहरू फैलाउन मद्दत गर्ने कम्पनीले उल्लेख गरेको छ। योसँगै, ४८ घण्टामा लोन अप्रुभल गरिने कम्पनीले जनाएको छ ।
फाइनान्सिङको यस अवसरको बारेमा थप जानकारीको लागि इच्छुक ग्राहकहरूले नजिकैको नामी शोरूम भिजिट गर्न सक्नेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।