शुक्रबार, श्रावण २२,२०८३ 01:47:56
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 01:47:56
Bizshala
Global IME Bank Limited

कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता

कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता
New Office

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक पदबाट गैरकानुनी रुपमा पदमुक्त गरिएको भन्दै कुलमान घिसिङले पेश गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सरकारले कार्यकारी निर्देशक पदबाट हटाएसँगै घिसिङले पेस गरेको रिट बिहीबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।

उनलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमुक्त गर्ने निर्णय गरेको थियो ।  

घिसिङले बुधबार वारेसमार्फत् सर्वोच्चमा रिट पेश गरेका थिए ।  

घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्रालय, उर्जामन्त्री दिपक खड्का, विद्युत् प्राधिकरणको सञ्चालक समिति र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विपक्षी बनाएर रिट हालेका छन् । उनले सरकारको निर्णय बदर गरी आफूलाई पुनः कार्यकारी निर्देशकमा नियुक्त गर्नुपर्ने माग राखेका छन् ।  

सोमबारको बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.