सोमबार, भाद्र १,२०८३ 08:04:57
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 08:04:58
Bizshala
Global IME Bank Limited

विश्वव्यापी आर्थिक मन्दीको संकेत ! प्रसिद्ध लेखक रोबर्ट कियोसाकीले दिए चेतावनी

विश्वव्यापी आर्थिक मन्दीको संकेत ! प्रसिद्ध लेखक रोबर्ट कियोसाकीले दिए चेतावनी
New Office

काठमाण्डौ । प्रसिद्ध लेखक रोबर्ट कियोसाकीले फेरी पनि विश्वव्यापी आर्थिक मन्दीको चेतावनी दिएका छन् । ‘रिच ड्याड पोअर ड्याड’ पुस्तकका लेखक कियोसाकीले दुनिया पहिले नै मन्दीमा रहेको बताएका छन् ।  

उनले यो कुरा सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका हुन् । सन् २०१२ मा रिच ड्याड्स प्रोफेसी लेखेपछि उनले लगातार मानिसहरुलाई सचेत गराउँदै आएका छन् । उनले शिक्षा हासिल गर्न, समयअनुसार परिवर्तन गर्न  र भ्रामक वित्तीय सल्लाहकारहरुलाई सतर्क रहन समेत सुझाव दिदै आइरहेका छन् ।  

Bizshala
CG Motors

कियोसाकीले लेखेका छन्, ‘के संसार मन्दीमा छ ? मेरो जवाफ हो–हो संसार मन्दीमै छ ।’ उनले सन् २०१२ देखि नै उनी मानिसहरुलाई सचेत गराउने प्रयास गरिरहेका बताएका छन् । कियोसाकीले प्रश्न गरेका छन्, ‘के सिक्न र परिवर्तन गर्न अब धेरै ढिला भइसक्यो ?’

उनले आफैं उत्तर दिदैं भनेका छन्, ‘हैन । तपाईहरुसँग अझ धेरै समय छ र समय सँधै तपाईको लागि एक अमूल्य सम्पत्ति हो ।’

उनले विश्व अहिले मन्दीमा रहेको कुरा उल्लेख गरेका छन् । विश्वमा महँगी बढ्दै गएको र बेरोजगारीको संख्या पनि बढीरहेको उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।  

‘‘के यो मन्दीले तपाईलाई धनी बनाउनेछ वा गरिब ? निर्णय तपाईको हातमा छ र तपाईको शिक्षा निःशुल्क पनि हुन सक्छ’ उनले लेखेका छन्, ‘सावधान रहनुहोस्, यो मन्दीलाई आफ्नो जीवनकै सबैभन्दा राम्रो अवसर बनाउनुहोस् । यो शक्ति केवल तपाईसँग मात्रै छ ।’  

कियोसाकीको यो विचारहरुले अहिले विश्वव्यापी मन्दीप्रति चिन्ता झन बढाइदिएको छ ।    

साथै, कियोसाकीले मानिसहरूलाई सही वित्तीय ज्ञान हासिल गर्न र भ्रामक वित्तीय सल्लाहकारहरूबाट सावधान रहनुपर्ने कुरा पनि उल्लेख गरेका छन् । उनले सही शिक्षा र तयारीको माध्यमबाट कुनै पनि आर्थिक संकटको सामना गर्न सकिने कुरा पनि सुझाव दिएका छन् ।

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.