काठमाण्डौं । दिनभर बढेर कारोबार भएको आजको सेयर बजार अन्तिममा सामान्य अँकले बढेर नै बन्द भयो । आज बजार बढेता पनि कारोबारमा भने खासै सुधार हुन सकेन । प्राबिधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले मध्य ब्याण्डमा टिकेको छ ।
यो सँगै अपर ब्याण्ड र लोअर ब्याण्ड क्रमशः साँघुरिदै गएको छ । यसले सम्भावित रुपमा बजारले अप ट्रेन्ड लिँदै गरेको बुझिन्छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै छ ।
तर हिस्टोग्राममा कुनै सुधार हुन सकेको छैन । मनी फ्लो इन्डेक्समा बजार अप ट्रेन्ड लिँदै गरेको छ । बजारलाई पिभट् मार्फत नियाल्दा आज पिभट् प्वइन्ट २६९६ विन्दुमा प्रतिरोध सामना गरेको छ । यदि आगामी दिनमा बजार बढ्छ भने प्रतिरोध क्रमश ः २७४०, २७७५ र २७१८ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ । यदि बजार घटेमा क्रमश ः २६६१ , २६१८ र २५८० विन्दुमा सपोर्ट लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।