शनिबार, श्रावण २,२०८३ 04:00:47
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 04:00:47
Bizshala
Global IME Bank Limited

आगामी बजेटका लागि अनुशासित ढंगले स्रोत व्यवस्थापन गरिन्छ: अर्थमन्त्री पौडेल

आगामी बजेटका लागि अनुशासित ढंगले स्रोत व्यवस्थापन गरिन्छ: अर्थमन्त्री पौडेल
New Office

काठमाण्डौ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित तरिकाले स्रोत व्यवस्थापन गर्दै आगामी आव २०८२÷८३ को बजेट ल्याउने बताएका छन् । पौडेलले बिहिबार राष्ट्रिय सभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बोल्दै यस्तो बताएका हुन् ।  

उक्त अवसरमा अर्थमन्त्री पौडेलले स्रोत व्यवस्थापन गर्दै त्यसको परिचालन उपयुक्त रुपमा नगरे अप्ठ्यारोमा पर्ने खतरा रहेको औंल्याए। ‘अनुशासित ढंगले स्रोत व्यवस्थापन, परिचालन गर्ने सकेनौं भने अप्ठ्यारोमा पर्नेछौं,’  उनले भने । मन्त्री पौडेलले यसकारण मुलुकलाई आर्थिक रुपमा अप्ठ्यारोमा पर्न दिननहुने बताउदै सही तरिकाले अघि बढ्नुपर्छ भन्नेमा सरकार सचेत रहेको बताए ।  

उक्त  अवसरमा अर्थ मन्त्रालयका सहसचिव श्यामपसाद भण्डारीले बजेटलाई यथार्थपरक बनाउन अर्थ मन्त्रालयले हर सम्भव प्रयास गरिरहेको बताए । उनले खर्चको स्थिति कमजोर भए पनि बजेट माग उच्च रहेको उनले बताए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.