बुधबार, बैशाख २,२०८३ 09:21:50
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 09:21:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पूँजी पुर्याउन अधिकांश ब्रोकरले रोजे मर्जरकै बाटो, धितोपत्र बोर्डसँग समय थप्न माग

Bizshala
पूँजी पुर्याउन अधिकांश ब्रोकरले रोजे मर्जरकै बाटो, धितोपत्र बोर्डसँग समय थप्न माग
Shivam Cement

काठमाण्डौ। धितोपत्र बोर्डले तोकेको चूक्तापूँजी पुर्याउन ३८ वटा ब्रोकरहरु मध्ये अधिकांश ब्रोकरहरले मर्जरकै विकल्प रोजेका छन् । हाल ३८ वटा ब्रोकरहरुको पूँजी अपुग रहेको छ । जसमा २५ वटा ब्रोकरहरुले मर्जर ,बोनस तथा हकप्रदलाई पूँजी वृद्धिको विकल्प राखेर धितोपत्र बोर्डमा योजना पेश गरेका छन् ।  

बाँकी १३ वटाले कुनै विधि नखुलाई कार्ययोजना पेश गरेका छन् ।  

यसको अर्थ सबै जसो ब्रोकरहरुले मर्जरको विकल्प खुला नै राखेको हुन सक्ने धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए। स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालले पनि अधिकांश ब्रोकरहरुले मर्जरकै विकल्प पेश गरेको बताए । उनले भने, ‘हाल ५० प्रतिशत ब्रोकरहरु बोनस दिन सक्ने अवस्थामा छैनन् । त्यही कारण अधिकांश ब्रोकरहले मर्जरको विकल्प पेश गरेको हुनसक्छ । ’ धितोपत्र बोर्डस्थित एक स्रोतले दिएको जानकारी अनुसार ब्रोकरुहरुले पूँजीवृद्धिका लागि समय माग गरेको पनि बतायो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

स्रोतले भन्यो, ‘तीन वर्षसम्म ब्रोकरुहरु निदाएर बसे, अहिले फेरि समय थप्न  माग गरेका छन । अब बाँकी रहेको तीन महिनाको समयमा पनि तीव्र गतिमा काम गरेको खण्डमा ब्रोकरहरुले पूँजी जुटाउन सक्छन । किनकी बैंकहरुको जस्तो ब्रोकरहरुका धेरै सेयर सदस्य हुँदैनन् । त्यसैले द्रूत गतिमा काम गरेको खण्डमा निर्धारित समयमै तोकिएको पूँजी पुर्याउन सकिन्छ ।  

हाल धितोपत्र बोर्डले सीमित कार्य गर्नेको हकमा २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरहरुको हकमा ६० करोड र स्टक डिलरको लागि १ अर्ब ५० करोड पूँजी तोकेको छ । जसअन्तगर्त पुराना ३८ वटा ब्रोकरले सीमित कार्य गर्नको लागि मात्रै धितोपत्र बोर्डले तोकेको २० करोड चुक्तापूँजी पुर्याउन बाँकी छ ।  

CG Motors
Garima Development Bank
IME remit

नयाँ ब्रोकरहरुले भने २० करोडका चूक्तापूँजी पुर्याएर नै धितोपत्र बजारमा आएका छन् । धितोपत्र बोर्डका प्रवक्ता निरञ्जन घिमिरले दिएको जानकारी अनुसारयस आर्थिक वर्षको असार मसान्तसम्म ब्रोकरहरुले पूँजी पुर्याई सक्नु पर्नेछ ।  

ब्रोकरहरुले पूँजी पुर्याउका लागि बैंकहरुले जस्तै हकप्रद तथा बोनस सेयर पनि जारी गर्न सक्ने छन् । यसका साथै, ब्रोकरलाई मर्जरमा जान सक्ने व्यवस्था  धितोपत्र व्यवसायी नियमावली, २०६४ को २०७९ भदौ २९ गते भएको ५ औं संशोधनको नियम ७ को उपनियम ३ मा ‘धितोपत्र दलाल वा व्यापारीले अर्को धितोपत्र दलाल वा व्यापारीलाई प्राप्ति गर्ने वा गाभ्ने÷गाभिने सम्बन्धमा बोर्डले आवश्यक निर्देशिका बनाई लागू गर्न सक्नेछ’ ब्यबस्था रहेको छ ।  

यस्तो छ ब्रोकरहरुले पूँजी बढाउन  पेश गरेको कार्ययोजना:

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.