• सोमबार, भाद्र ३०,२०८२ 07:04:58
Global IME Bank Limited

ट्यारिफ प्रभावः निस्सानले आफ्नो ‘टप सेलिङ’ अमेरिकी मोडलको उत्पादन कटौती गर्ने

Hyundai Nepal
ट्यारिफ प्रभावः निस्सानले आफ्नो ‘टप सेलिङ’ अमेरिकी मोडलको उत्पादन कटौती गर्ने

काठमाण्डौ । जापानी अटो निर्माता कम्पनी निस्सानले आफ्नो चर्चित तथा शीर्ष बिक्री भईरहेको अमेरिकी मोडल ‘रोग्यु एसयुृभी’को जापानी उत्पादन कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले अमेरिकाले आयातित  वस्तुहरुमा ट्यारिफ लगाएसँगै कम्पनीले यस्तो घोषणा गरेको हो ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समुन्द्रपारबाट अमेरिका भित्रिने सवारी साधनमा २५ प्रतिशत भन्सार शुल्को व्यवस्था गरेसँगै विश्व अटो उद्योगको आपूर्ति श्रृंखला प्रभावित बनेको छ । जापानको तेस्रो ठूलो अटो निर्माता कम्पनीको रुपमा रहेको निस्सान आफ्ना अन्य प्रतिष्पर्धिको तुलनामा बढी प्रभावित भएको छ । कम्पनीका लागि अमेरिका शीर्ष बजारको रुपमा रहदै आएको छ । गत वर्ष कम्पनीले बिक्री गरेको कुल सवारी साधनमा अमेरिकाको हिस्सा एक तिहाई रहेको थियो । जसमध्ये अधिकांश सवारी साधन जापान र मेक्सिकोमा उत्पादन गरिएको थिए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

निस्सानले दक्षिणपश्चिममा जापानको कुयुसुमा रहेको कारखानामा तीन महिनाका लागि रोग्यु एसयुभीको उत्पादन १३ हजार युनिटले घटाउने योजना बनाएको छ । गत वर्षको सुरुवाती ३ महिनामा कम्पनीले अमेरिकामा कुल ६२ हजार रोग्यु एसयुभी बिक्री गरेको थियो ।  

गत वर्ष भने कम्पनीले यो मोडलका २ लाख ४६ हजार मोडल बिक्री गरेको थियो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.