काठमाण्डौ । सरकारले आन्दोलनरत शिक्षकहरूलाई पुनःवार्ताका लागि आह्वान गरेको छ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरुलाई वार्ताका लागि आह्वान गरेका हन् । पन्तले एक् विज्ञप्ती जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।
विज्ञप्तीमा उल्लेख छ,‘विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने निश्चित विधायकी एवम् कानूनी बन्दोवस्त रहेका छन् र सबैलाई यसको जानकारी पनि छँदैछ, तसर्थ शिक्षकहरूसँग विगतमा झैं निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछ ।’
विभिन्न माग राखि गत चैत २० गतेदेखि शिक्षकहरू आन्दोलनमा छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।