काठमाण्डौ । अब सगरमाथा आरोहरण गर्नुपूर्व नेपालका ७ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्नु पर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय सभामा दर्ता गरेको ‘पर्यटन विधेयक २०८१’ मा यस्तो व्यवस्था गरिएको हो ।
जसअनुसार सगरमाथा आरोहण गर्न चाहने व्यक्तिले अब नेपालका ७ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरेको अभिलेख पेश गर्नु पर्नेछ । यस्तो अभिलेख पेश गरेपश्चात मात्रै सरकारले सगरमाथा आरोहणका लागि अनुमति प्रदान गर्नेछ ।
यस्तै विधेयकमा स्वास्थ्य परीक्षण प्रमाणपत्र अनिवार्य गरिएको छ । विधेयकमा स्वास्थ्य स्थिति सन्तोषजनक नदेखिए पर्वतारोहण गर्न वा पर्वतारोहण दलसँग जान अनुमति नदिइने प्रावधान समेत रहेको छ ।