आईतवार, असार १४,२०८३ 12:53:22
Bizshala
  • आईतवार, असार १४,२०८३ 12:53:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धनाढ्यहरु किन गरिब बन्दैछन् ? रोबोर्ट कियोसाकीले बताए यस्तो कारण

Laxmi Sunrise Bank Limited
धनाढ्यहरु किन गरिब बन्दैछन् ? रोबोर्ट कियोसाकीले बताए यस्तो कारण

काठमाण्डौ । रिच ड्याड पुअर ड्याड’ का लेखक रोबर्ट कियोसाकीले कतिपय धनीहरू पनि गरिब बन्दै गईरहेको बताएका छन् । उनका अनुसार विश्वका केही धनीहरु टाट पल्टिदै गईरहेका छन् । उनका अनुसार राम्रो संकेत होइन। म्याकडोनाल्ड जस्ता फ्रान्चाइजी स्टोरहरू यसको उदाहरण हुन्। कियोसाकीले सामाजिक सञ्जाल प्लेटफर्म ुमा यस बारे चर्चा गरेका छन् ।  

आजका गरीब मानिसहरूले म्याकडोनाल्ड वा बर्गर किङमा खाना खान नसक्ने बताउदै उनले फ्रेन्चाइजी स्टोरहरू टाट पल्टिने अवस्थमा पुगिरहेको बताए । यस्तै उनले मुद्रास्फीतिका कारण धनी पनि गरिब बन्दै गईरहेको बताए ।  

कियोसाकीले मानिसहरूलाई यो आर्थिक संकटलाई बुद्धिमानीपूर्वक प्रयोग गर्न आग्रह गरेका छन्। उनले सुन, चाँदी र बिटक्वाइनमा लगानी गर्न सल्लाह दिएका छन् । कियोसाकी आजको संसारमा ज्ञान नै वास्तविक धन हो भन्ने विश्वास गर्छन्।

New Office
CG Motors
Garima Development Bank

रोबर्ट कियोसाकीले म्याकडोनाल्ड र बर्गर किङ जस्ता फ्रेन्चाइजी स्टोरहरू चलाउने मानिसहरू समस्यामा भएको बताउदै कतिपय धनी मानिसहरु गरिब बन्दै गएको दाबी गरे । कियोसाकीले यो गरिबको लागि राम्रो हुन सक्ने विश्वास व्यक्त गरेका छन्। यसका कारण आम मानिसहरुले स्वस्थकर खाना खान पाउँने उनको भनाई छ । उनले धनीका लागि गरिब हुनु राम्रो नभए पनि कतिपय मानिसका लागि स्वस्थ्य हुने बताए ।

कियोसाकीले मानिसहरूलाई सल्लाह दिए, ‘कृपया यो आर्थिक संकटलाई बुद्धिमानी, स्वस्थ र धनी बन्न प्रयोग गर्नुहोस्। नक्कली पैसा र नक्कली शिक्षकको संसारमा ज्ञान नै नयाँ धन हो।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले शिक्षा प्रणालीमा पनि प्रश्न उठाए । ‘त्यसैले हाम्रा विद्यालयहरूमा वास्तविक आर्थिक शिक्षा छैन,’ कियोसाकीले भने,रा‘ष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्कले ‘मार्क्सवादी’ शिक्षा प्रणाली बन्द गर्नुको कारण यही हो ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.