काठमाण्डौ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान सत्ता गठबन्धन भत्किएर आजै सरकार परिवर्तन हुने खुलासा गरेका छन् ।
फेसबुक पेजमार्फत उनले यस्तो जानकारी दिएका हुन् ।
आफ्नो फेसबुक पेजमार्फत स्टाटस लेख्दै उनले भनेका छन्-' आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै । सानो मन्त्रीमण्डलले आज शपथ लिनेछ ।'
उनले एमालेबाट पदम गिरीले मन्त्रीको सपथ लिने सम्भावना रहेको बताए ।
माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने सम्भावना छ ।