काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो ६ मापदण्ड लागू गर्ने घोषणा गरेको छ । सरकारले वायु प्रदूषण कम गर्न यूरो ६ लागू गर्ने घोषणा गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले वायु गुणस्तरकारी योजना लागू गर्दै यूरो ६ मापदण्ड लागू गर्ने बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।