शुक्रबार, जेष्ठ १,२०८३ 05:48:19
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 05:48:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ट्रक ढुवानी क्षेत्रमा डिजिटलाइजेशनलाई तीव्रता दिन महासंघको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
ट्रक ढुवानी क्षेत्रमा डिजिटलाइजेशनलाई तीव्रता दिन महासंघको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले ट्रक ढुवानी क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले एक दिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। सर्लाहीदेखि पूर्वसम्मका विभिन्न ट्रक व्यवसायी संघसंस्थाका पदाधिकारीसहित १०० भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा ढुवानी क्षेत्रमा डिजिटल प्रविधिको प्रभावकारी प्रयोगबारे जानकारी दिइएको थियो ।

महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँका अनुसार कार्यक्रममार्फत सहभागीहरूलाई क्युआर कोडमार्फत ट्रक ट्र्याकिङ, जीपीएस, अनलाइन भुक्तानी प्रणाली, कागजात व्यवस्थापन, ट्रक सञ्चालन, मर्मतसम्भार, ग्राहक सेवा, लोड–अनलोड व्यवस्थापन तथा वास्तविक समय निगरानीका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

Bizshala
New Office
CG Motors

उनले हाल देशभर २१ वटा धर्मकाटा सञ्चालनमा रहेको उल्लेख गर्दै सबै धर्मकाटालाई क्रमशः डिजिटल बनाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए। डिजिटलाइजेशनपछि ट्रकहरूको ओभरलोड नियन्त्रण, डेटा सुरक्षित राख्ने तथा ढुवानी प्रक्रिया पारदर्शी बनाउने लक्ष्य रहेको उनले बताए।

कार्यक्रममा महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले ओभरलोडका कारण सडक तथा राष्ट्रिय संरचनामा भइरहेको क्षतिको उल्लेख गर्दै यस्ता समस्या समाधान गर्न नियमनकारी निकायको संयोजनमा आगामी दिनमा थप कार्यक्रमहरू आयोजना गरिने जानकारी दिए।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X