शुक्रबार, श्रावण २९,२०८३ 08:57:27
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 08:57:27
Bizshala
Global IME Bank Limited

मिथिला लघुवित्तको नाफामा ७७.१४% को बढोत्तरी, आम्दानी र ईपीएस कति ?

Prabhu Bank Limited
मिथिला लघुवित्तको नाफामा ७७.१४% को बढोत्तरी, आम्दानी र ईपीएस कति ?
New Office

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म सन्तोषजनक प्रदर्शन गरेको छ । समीक्षा अवधिसम्म संस्थाको अधिकांश सूचकमा प्रगति देखिएको छ । संस्थाले चालु आव २०८१/८२ को तेस्रो त्रैमाससम्ममा ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ७७.१४ प्रतिशतले धेरै हो ।  

अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ३ करोडबराबरको खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा १३ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४३.३६ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले ९ करोड ६५ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

CG Motors

समीक्षा अवधिसम्म संस्थाले ७ करोड ५९ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । यस्तै संस्थाको कुल सञ्चालन आम्दानी १७ करोड १७ लाख रुपैयाँ रहेको छ ।  

तेस्रो त्रैमाससम्म संस्थाको रिजर्भको आकार ३९.७३ प्रतिशतले बढेर १९ करोड ८२ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन १ अर्ब १४ करोड र कर्जा प्रवाह २ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।  

संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवको तेस्रोत्रैमाससम्म ३.९० प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.६८ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३६.२२ रुपैयाँ,प्रतिसयर नेटवर्थ १९६.९८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६५२.९२ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४१.३१ गुणा र तरलता अनुपात ७.३८ प्रतिशत रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X