शुक्रबार, श्रावण २२,२०८३ 02:31:23
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 02:31:23
Bizshala
Global IME Bank Limited

पाकिस्तानलाई थप ७ अर्ब डलर सहायता प्रदान गर्ने विषयमा समीक्षा गर्दै आइएमएफ

पाकिस्तानलाई थप ७ अर्ब डलर सहायता प्रदान गर्ने विषयमा समीक्षा गर्दै आइएमएफ
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले शुक्रबार पाकिस्तानको लागि ७ अर्ब डलरको आर्थिक सहायता प्याकेजको अर्को किस्तामाथि विचार गर्ने भएको छ।

भारत र पाकिस्तानबीच लगातार तनाव बढिरहेको बेला यो बैठक हुन लागेको हो । हालै भारतले पाकिस्तानले आफ्नो सैन्य आधार शिविरमा ड्रोन र मिसाइल हमला गरेको आरोप लगाए पनि इस्लामाबादले यी आरोप अस्वीकार गर्दै आएको छ ।

भारतका विदेश सचिव विक्रम मिश्रीले बिहीबार कोष उपलब्ध गराउने विषयमा भारतले आफ्नो अडान राखेको बताएका थिए । उनले आईएमएफ बोर्डले विगत तीन दशकहरूमा यी बेलआउटहरू कत्तिको प्रभावकारी छन् भनेर विश्लेषण गर्नुपर्ने बताए ।  

लामो समयदेखि बढ्दो मुद्रास्फीति र सुस्त आर्थिक वृद्धिदरसँग सङ्घर्षरत पाकिस्तानको संकटग्रस्त अर्थतन्त्रका लागि आईएमएफबाट प्राप्त भएको यो रकम निकै महत्वपूर्ण छ ।

यसैबीच बिहीबार विश्व बैंकका अध्यक्ष अजय बंगाले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् । विश्व बैंकले सिन्धु जल सन्धि निलम्बनको मुद्दामा हस्तक्षेप गर्न अस्वीकार गरेको थियो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.