शनिबार, श्रावण ३०,२०८३ 05:30:39
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 05:30:39
Bizshala
Global IME Bank Limited

पर्यटन बोर्ड र डिस्कभरी च्यानलसँगको सहकार्यमा माउन्टेन ड्युले सुरु गर्यो ‘पिक अफ करेज’ अभियान

Prabhu Bank Limited
पर्यटन बोर्ड र डिस्कभरी च्यानलसँगको सहकार्यमा माउन्टेन ड्युले सुरु गर्यो ‘पिक अफ करेज’ अभियान
New Office

काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र डिस्कभरी च्यानलसँगको सहकार्यमा थालिएको ‘पिक अ फ करेज’ नामक अभियानले नेपालका धेरै प्रचारमा नआएका हिम शिखरहरुको बारेमा जानकारी प्रदान गर्ने भएको छ ।

काठमाण्डौ । माउन्टेन ड्युले नेपालमा ‘पिक अफ करेज’ अभियान सुरु गरेको छ  । नेपालको हिमाल आरोहणको विरासतसँग सम्बन्धित साहसिक, साहस र अव्यक्त कथाहरुको मर्मलाई उत्सवमय रुपमा मनाइने यो एक प्रकारको आफ्नै किसिमको पहिलो सांस्कृतिक अभियान भएको जनाइएको छ । नेपाल पर्यटन बोर्डद्वारा उत्प्रेरित र डिस्कभरी च्यानलद्वारा संसारभर पुर्याइने यस पहलले सगरमाथा बाहेकका अन्य नेपाली साहसिक शिखरहरुको बारेमा विश्वलाई चिनाउने छ ।

CG Motors

दशकौंदेखि नेपालको हिमाल आरोहणको कथा प्रसिद्ध हिम शिखरहरुमै केन्द्रित रहँदै आएको छ ।  यस अभियानले यो कथालाई चुनौति दिंदै नेपाल केवल सगरमाथाको घरमात्र नभई विश्वकै अधिक साहसिक आरोहणको भुमि पनि हो भन्ने बलियो यथार्थलाई उजागर गर्ने जनाइएको छ ।  

इमर्सिभ स्टोरी टेलिङ मार्फत माउन्टेन ड्युले मौसमी आरोहीहरु र नयाँ एडभेन्चरहरुलाई आमन्त्रण गरेर नेपालको चर्चामा नआएका शिखरहरुको बारेमा जानकारी गराउनेछ र यसले परिचित सीमाभन्दा परका साहसहरुको खोज गर्नेछ ।

नेपाल पर्यटन बोर्डको सहयोगका साथ यस पहलले शेर्पाहरु, आरोहीका पथ प्रदर्शकहरु, र स्थानीय पर्यटन व्यवसायीहरुका लागि वास्तविक र दिगो अवसरहरुको सिर्जना गर्नेछ, जसले एडभेन्चरलाई वर्षभरीको आर्थिक कारोबारमा प्रभावमा परिवर्तन गर्ने विश्वास गरिएको छ । पेप्सीको इण्डियाका दक्षिण एशियका चिफ मार्केटिङ अफिसर तरुण भगतले भने, ‘सगरमाथाले लामो समयदेखि विश्वव्यापी रूपमा पर्वतारोहीहरूको चासो खिचेको छ । तर नेपालको पर्वतारोहणको कथा एउटा शिखर भन्दा धेरै टाढा छ ।अनगिन्ती चुचुराहरूको अन्वेषण हुन सकेको छैन, र त्यसरीनै ती चुचुराहरूमा आरोहण गर्ने साहसी पर्वतारोहीहरूको कथा पनि छ ।’

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.