शुक्रबार, श्रावण २२,२०८३ 02:09:58
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 02:09:58
Bizshala
Global IME Bank Limited

आम्दानी ९९०६% ले बढेपनि ईङवा हाईड्रोपावर २.९५ करोड घाटामा, यस्तो छ कारण

आम्दानी ९९०६% ले बढेपनि ईङवा हाईड्रोपावर २.९५ करोड घाटामा, यस्तो छ कारण
New Office

काठमाण्डौ । ईङवा हाईड्रोपावर लिमिटेड घाटामा गएको छ । विद्युत बिक्री आम्दानीमा उछाल आएतापनि खर्च नियन्त्रण गर्न नसक्दा कम्पनी चालुको तेस्रो त्रैमाससम्म घाटामा गएको हो ।  

कम्पनी यो अवधिसम्म २ करोड ९५ लाख रुपैयाँ घाटा व्यहोर्न बाध्य बनेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ८ लाख बढी मुनाफा आर्जन गरेको थियो ।  

तेस्रो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी ९९०६.२३ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत १९ करोड २६ लाख आर्जन गरेको छ । यस्तै कम्पनीले २ लाख ५८ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

यो अवधिमा कम्पनीको प्रशासनिक खर्च १० लाखबाट बढेर ३ करोड ३१ लाख, ह्रासकट्टी खर्च १ लाख २५ हजारबाट बढेर ६ करोड २२ लाख र वित्त खर्च ८ लाखबाट बढेर १० करोड ६ लाख पुगेको छ ।  

६ण् करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १३ करोड १७ लाख र कुल चालु दायित्व ५७ करोड ६१ लाख रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.५७ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८९.९१ रुपैयाँ, पीई रेसियो १००.८७ गुणा ऋणात्मक र तरलता अनुपात ०.२३ प्रतिशत कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.